तामाङ घेदुङको अन्तकृया सम्पन्न
Posted by
purwanews
Published on
Sunday, November 10, 2013
धरान / नेपाल तामाङ घेदुङसँग जिल्ला कार्य समितिले तामाङहरुलाई पहिचान सहितको संघीयतामा तामाङ जातिको पहिचान तामसालिङ सम्बन्धमा राजनीतिक दल र उम्मेदवारको धारणा विषयक अन्तकृया सम्पन्न गरेको छ ।
अन्तकृयामा एनेकपा माओवादी, संघीय समाजवादी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, राष्ट्रिय जनमूक्ति पार्टी लगायतका सुनसरी जिल्ला क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।
उम्मेदवारहरुले पहिचान सहितको संघीयता प्राप्त गरेपछि तामाङहरुको जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा प्राप्त गर्ने बताएका थिए ।
एनेकपा माओवादीका तर्फबाट बोल्दै उम्मेदवार मुक्साहाङ मेयाङ्बोले काँग्रेस, एमाले संघीयताको पक्षमा नभएको भन्दै ती दलले पहिचान सहितको संघीयता र मूक्ति सम्भव नभएको दाबी गरे । उम्मेदवार मेयाङ्बोले समानुपातिकमा पहिचानवादी जसलाई भोट दिए पनि प्रत्यक्षतर्फ एमाओवादीलाई मतदान गर्न आग्रह गरे ।
संघीय समाजवादीका तर्फबाट उम्मेदवार ध्यानबहादुर राईले यस अघिको संविधान सभाबाट सामन्ती प्रवृत्तिका नेताले गर्दा संविधान नबनेको बताए । आगामि संविधान निर्माण जुन मुद्दामा अड्किएको थियो त्यहीबाट बहस चलाउनु पर्ने उनको धारणा थियो ।
नेपाल तामाङ घेदुङ संघका अध्यक्ष रामबहादुर तामाङको अध्यक्षतामा सम्पन्न अन्तकृयाको सन्चालन मंगलसिंह तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् >>