"दलहरुले हामीसंग मतै मागेका छैनन " : जनता
Posted by
purwanews
Published on
Sunday, November 10, 2013
इनरुवा / सुनसरीमा चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुगेको दाबि गरेका दलहरुले जनतासंग मतै नमागेको जन गुनासो छ ।
सुनसरी सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रमका सहभागिहरुले दलहरुले आफ्नो उमेद्वारको पक्षमा प्रचारप्रसार गरेपनि घरदैलो कार्यक्रमलाई प्रभावकारी नबनाएको कारण संविधान सभाको निर्वाचनकै विषयमा यहाका स्थानियहरुले अनविज्ञता जनाएका छन् । सरकारले सबै गाउ नगर र वार्ड वार्ड मै गएर प्रचारप्रसारको अनुगमन गर्ने ,सवैलाई मतदाता शिक्षाको विषयमा जानकारी दिने र निर्वाचन आचारसहितालाई कडाईका साथ अनुगमन गर्ने भनिएपनि त्यसको कार्यान्वयन नहुदा सविधान सभाको निर्वाचन आउन ९ दिन वाकि रहदा समेत स्थानियहरु सूचना पाउनवाट वन्चित रहेको स्थानिय रुवि यादवले गुनासो गरे ।
सुनसरीमा ६ वटै निर्वाचन क्षेत्रमा २ सय २४ उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्याएको दावी गरेपनि मतदाताले भने चुनावको औचित्यको विषयमा अनविज्ञता जनाएको पाइएको छ । इनरुवामा आयोजित सो कार्यक्रममा निरज यादव , रमानन्द मण्डल,मिना शाह,देवकृष्ण यादव, मागेन खत्वे ,नजाम अन्सारी लगायतकाले बोलेका थिए । यता विदेह फाउन्डेशनको आयोजनामा सुनसरीमा सुरु भएको दिगो शान्ति र राजनितीक स्थायित्वका लागी महिला तथा सिमान्तकृत समुदायमैत्रि उम्मेदवारलाई मतदान गर्ने नामक अभियान अन्तर्गत सुनसरी क्षेत्र नं ४ र ५ मा कार्यक्रम सम्पन्न भएको छ ।
युएन ओमनको सहयोगमा विदेह फाउण्डेशनद्धारा आयोजित कार्यक्रममा सुनसरीका ग्रामिण क्षेत्रका सहभागी तथा मतदाताहरुको उपस्थितीमा श्रीपूर र इनरुवामा कार्यक्रम सम्पन्न गरेको सो कार्यक्रमकी श्रोत व्यक्ति मिना शाहले जानकारी दिएकी थिइन । दुवै निर्वाचन क्षेत्रमा ४० जना महिला, पुरुष तथावालवालिकाहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको साहले बताउए ।
.
युएन ओमनको सहयोगमा विदेह फाउण्डेशन को कार्यक्रममा सहभागीहरुलाई ढाटेर कार्यक्रम गरेको सहभागीहरुले आरोप लगाएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यक्रममा चिया मात्रै खुवाएर आफुहरुलाई ढाटेर कार्यक्रम गरेको सहभागी मागैन खत्वेले आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस् >>