पूर्वमा सुरक्षाकर्मी थपीयो

विराटनगर । संविधानसभा निर्वाचनको मिति आउन एक साता मात्रै बाँकी रहेको बेला हिंसात्मक घटना बढ्न थालेपछि पूर्वाञ्चलमा सूरक्षा सर्तकता बढाइएको छ । सुरक्षा रणनीति परिवर्तन गरेर साधनस्रोत र जनसक्ति समेत  थपिएको छ ।
पूर्व क्षेत्रिय प्रहरी कार्यालयले पूर्व क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाइएको जनाएको छ । यसका लागि तीन जना एसपी र १५ जना डिएसपी सहित १६ सय २२ जना प्रहरी जनशक्ति थप गरिएको पनि कार्यालयले जनाएको छ ।
पूर्व क्षेत्रिय प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भोजदेव खतिवडाले विभिन्न जिल्लाको सुरक्षा संवेदनशिलता हेरेर प्रहरी जनशक्ति खटाएको बताए । उनका अनुसार मोरङको ९ वटै निर्वाचन क्षेत्रमा डिएसपी कमान्डमा नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन  गरिनेछ । नयाँ पत्रिका


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>