भुवन केसी भोट माग्दै
सुनसरी । नेपाली चलचित्रका नायक भुवन केसी एमाले पार्टीको लागि भोट माग्दै यतिखेर पुर्वी नेपाल घुमिरहेका छन् । एमाले पार्टीले समानुपातिक तर्फ उठाइदिएपछि उनी पुर्वमा भइरहेका चुनावी सभा तथा कार्यक्रमहरुमा देखिएका हुन् ।
यसै सन्दर्भमा शुक्रबार केसी सुनसरीको इटहरीका कार्यक्रममा सहभागि भए । इटहरीमा प्रेस चौतारी नेपालले आयोजना गरेको तिहार शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि भएका केसीले एमालेलाई विजय गराउन आग्रह गरे ।
अधिकांश पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रममा केसीले पत्रकारहरुकै कारण आफू कलाकार भनेर चिनिएको भन्दै पत्रकारहरुलाई धन्यवाद दिएका थिए । उनलाई कार्यक्रम आयोजकले ढाकाको टोपी लगाइदिँदै गर्दा पत्रकारहरुले नै म हुँ नेपाली बाबु मेड इन नेपाल भन्दै गाएका थिए ।
कार्यक्रममा केसीले तीन वटा गीत गाएका थिए ।
केसी इटहरी चौकमा एमालेले गरेको चुनावी सभामा समेत सहभागि थिए । एमालेको चुनावी सभामा बोल्दै विभिन्न वक्ताहरुले गणतन्त्रको संस्थागत विकास गर्दै नयाँ संविधान निर्माण गर्न एमालेलाई जिताउनुपर्ने बताएका थिए ।
केसी र चुनावी सभाका तस्वीरहरु :
प्रतिक्रिया दिनुहोस् >>