कांग्रेसको चुनाबी अवियान तिब्र


 धरान / नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ को आफ्नो घरदैलो अभियानलाई तिव्ररुपले अगाडि बढाएको जनाएको छ।धरान ८ मा  भएको घरदैलो कार्यक्रममा भेला भएका कार्यकर्ता र स्थानीय वासीहरुलाई सम्बोधन गर्दै कांग्रेसका प्रत्यक्ष उम्मेदवार चन्द्र प्रसाद श्रेष्ठ र समानुपातिक उम्मेदवार मिना सुब्बाले लोकतान्त्रिक
संविधान, देशको विकास, शान्ति र स्थायित्वका लागि नेपाली कांग्रेसलाई विजय गराउन आग्रह गरेका छन् ।

करिव ५ सयको संख्यामा उपस्थित कार्यकर्ताहरुले नारा जुलुस सहित घरदैलो कार्यक्रम गर्दा घरघरवाट निस्केका वडावासीहरुले स्वागत गरेका थिए । कांग्रेसले हालसम्म धरान वडा नं. १, २, ३, ४, ५, ६, ९, १२ र पांचकन्याको मुख्य मुख्य स्थानहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको कांग्रेस क्षेत्रीय चुनाव प्रचार प्रसार संयोजक सुजेन्द्र तामाङले बताएका छन् । घरदैलो कार्यक्रम सम्पन्न भएका  वडाका सर्ब साधारणहरुले बधाई, शुभकामना दिंदै घरदैलो कार्यक्रममा स्वत: स्फूर्त साथ दिएको उनले जानकारी दिए ।


 कांग्रेसले धरान १७ स्थित संगम चौक लोसे बस्तीमा टोल समिती गठन गरेको जनाएको छ।  युवा परिचालन संयोजक तथा महाधिवेशन प्रतिनिधि पर्वत राई, स्थानिय युवा नेता नारद राईको अग्रसरमा स्थानिय जस बहादुर राईको अध्यक्षतामा नेपाली कांग्रेस संगम चौक(लोसे) टोल कमिटि गठन गरेको कांग्रेस क्षेत्रीय सचिव एवं प्रचार प्रसार संयोजक सुजेन्द्र तामाङले बताएका छन् ।
 उक्त कार्यक्रममा कांग्रेसका प्रत्यक्ष उम्मेदवार चन्द्र प्रसाद श्रेष्ठले लोसे बस्ती बासीले झेल्दै आएको खानेपानी समस्या, युवाहरुको वेरोजगार समस्या तथा संगम युवा क्लवका युवाहरुको चाहना र भावनालाई आफुले संवेदशील भई समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।




प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>