ताप्लेजुङमा बुथमा मोबाइल लान नपाइने

ताप्लेजुङ—मतदान स्थलमा खटिएका कर्मचारी बाहेक अरुले मोवाइल तथा क्यामेरा समेत बोक्न नपाउने भएका छन् । जिल्ला सुरक्षा समिति ताप्लेजुङले मतदान स्थलको चार किल्लाभित्र निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी बाहेक अरुलाई मोवाइल, क्यामेरा, सलाई, लाइटर तथा तरल पर्दाथ युक्त बोतल समेतमा प्रतिवन्ध लगाउने निर्णय गरेपछि यी सामाग्री बोक्न तथा प्रयोग गर्न नपाईने भएको हो।
सुरक्षा समितिले मतदातालाई मतदान स्थलको बाहिरी भागमा चेक जाँच गरी यी सामाग्री भेटिए सामाग्री फिर्ता पठाएर मात्र मतदान स्थलमा जान पाउने गरी व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक प्रकाश पौडेलले जानकारी दिए।
आज गरिएको यस्तो निर्णय मतदान स्थलमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मी सबैलाई अवगत गराई सकिएको पनि जिल्ला सुरक्षा समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>