तेन्दुलकरको जीवनी स्कुले किताबमा
Posted by
purwanews
Published on
Monday, November 18, 2013
भारतका सबैभन्दा सफल क्रिकेटर सचिन तेन्दुलकरको जीवनी स्कुले किताबमा लेखिने भएको छ । भारतको महाराष्ट्र सरकारले तेन्दुलकरको जीवनीलाई एउटा अध्यायको रुपमा किताबमा समावेश गर्ने भएको हो ।
राज्यका स्कुल शिक्षामन्त्री राजेन्द्र डर्डाका अनुसार बच्चालाई प्रेरणा मिलोस् भन्नका लागि उनको जीवनी अध्ययन पुस्तकमा समावेश गरिन लागिएको हो । यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको उनले बताए ।
यो भन्दा अघि चन्द्रकान्त गुलाबराव तथा लिटिल मास्टर सुनिल गावस्करले समेत विषयसुचीमा स्थान पाइसकेका छन्, जुन मराठी भाषामा अध्यापन हुन्छ ।
तेन्दुलकरबारे च्याप्टरलाई कुन कक्षालाई पढाउने भन्ने बारेमा भने निर्णय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस् >>