उपेन्द्र यादवद्वारा पनि मतगणना बहिष्कार

काठमाडौं,मतगणनाको ट्रेन्डले अपेक्षित भोट आउने नदेखिएपछि मधेसी जनअधिकार फोरम नेपालले पनि माओवादीलाई पछ्याउँदै गणना बहिष्कार गरेको छ । संविधानसभाको परिणामले संघीयता र संविधान दुवै नबन्ने दावी गर्दै फोरम नेपालले मतगणनास्थल छाडेर हिँडेका छन् ।
तत्काललाई हामीले संविधान सभाको परिणाम बहिष्कार गरेका छौ,’ फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘बाकस साट्ने, मुचुल्का केरमेट गरेर चलखेल भएको देखेर हामीले गणना छाडेका हौं ।’
अहिलेसम्मको परिणाममा यादवको पार्टीले एक सिट पनि जितेको छैन । मधेस आन्दोलनको नेतृत्व गरेका यादवको पार्टी अघिल्लो संविधान सभा निर्वाचनमा चौथो शक्ति थियो । यसविच फोरम टुक्रिएर पाँच टुक्रा भइसकेको छ ।
उनले नेतृत्व गरेको पार्टीले ४ ठाउँमा मात्र लिड गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>