दुई ठाउँ बाट उठ्ने चार शिर्स नेता नै पराजित
Posted by
purwanews
Published on
Saturday, November 23, 2013
इटहरी । एमाले अध्यक्ष झलनाथ खनाल दुई ठाउँवाट उम्मेदवार हुनु भएका थिए । उनी आफ्नो गृह जिल्ला इलाम १ वाट मात्र विजयी भएका छन । तर खनालले सर्लाही १ वाट भने पराजय भोग्नु पर्यो । उनलाई एमालेवाट एमाओवादी प्रवेश गरेका शम्भु श्रेष्ठले सर्लाही १ वाट पराजित गरेका हुन ।
यसैगरी दुई ठाउँवाट उम्मेदवार बनेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एक ठाउँवाट मात्रै जित हासिल गरे । उनले काठमाण्डौ क्षेत्र नम्बर १० वाट काँग्रेसका राजन केसीसंग हार व्यहोर्नु पर्यो भने सिरहा ५ वाट भने एमालेका लिला श्रेष्ठलाई पराजित गर्दै संबिधान सभाका लागि सिट सुनिस्चित गरे । एमाओवादीकै नेता डा बाबुराम भट्टराईले पनि एक ठाउँवाट पराजय भोग्नु परेको छ । भट्टराईले गोरखा १ वाट चुनाव जितेपनि रुपन्देही ४ वाट भने एमालेका सचिव विष्णु पौडेलसंग पराजित पर्यो ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि एक ठाउँमा पराजित भए । उनी सुनसरी ५ वाट विजयी भए तर मोरङ ५ वाट भने काँग्रेसका अमृत आर्यालसंग पराजित हुनु पर्यो । यसैगरी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार मोरङ ७ वाट काँग्रेसका नेता डा शेखर कोइरालासंग पराजित भए । तर सुनसरी ३ वाट भने गच्छदारले जित हात पारे ।

प्रतिक्रिया दिनुहोस् >>