बाबुराम भट्टराईले मतदातालाई धन्यवाद दिए
Posted by
purwanews
Published on
Saturday, November 23, 2013
एनेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्ना मतदातालाई धन्यवाद दिएका छन्। चार दिनपछि ट्विटमा झुल्किएका भट्टराईले शनिबार साढे दस बजे टाइमलाइनमा लेखेका छन्, मलाई र हाम्रो पार्टीलाई मतदान गर्नुहुने गोरखा १ र रुपन्देही ४ का सबै मतदाताहरु र चुनावी अभियानमा सहयोग गर्ने सबै साथीहरुलाई हार्दिक धन्यवाद ।
संविधानसभा निर्वाचनको साँझ पछिल्लो ट्विट लेखेका भट्टराईले गोरखामा शान्तिपूर्ण ढंगले सम्पन्न चुनावमा आफ्नो लज्जाजनक हार निश्चित भएपछि लाज छोप्न कांग्रेस र एमालेले गरेको दुष्प्रचारको भ्रममा कोही नपरौं भनेका थिए।
गोरखा १ मा शानदार विजय हासिल गरेका भट्टराई रुपन्देही ४ मा भने तेस्रो भएका थिए।

प्रतिक्रिया दिनुहोस् >>