स्वतन्त्र उम्मेदवार सहित माओवादी र एमाओवादी गरी चार सय एमालेमा

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार शत्रुघ्न मुखिया एमालेमा प्रवेश गरेका छन् ।
मलाहा जातीका प्रभावशाली नेता तथा नेपाल मलाहा संघका उपाध्यक्ष एवं एमाओवादीका जिल्ला सदस्य जमुनी मधेपुरा गाविस २ का ४७ वर्षीय मुखियाले आफ्नो उम्मेदवारी त्यागेर एमाले प्रवेश गरेका हुन् । मुखियालाई एमालेका वरिष्ठ नेता माधव नेपाल, जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेलगायतकाले सोमबार रातो टिका र फूलमाला लगाएर पार्टी प्रवेश गराएका थिए ।
मुखियासँगै नेकपा माओवादीका जिल्ला सहइन्चार्ज उपेन्द्र साह, एमाओवादी मिथिला मधेस राज्य कार्यालयका सदस्य शंकर देवकोटा, मिथिला राज्य समितिका सदस्यहरु शिवनारायण परियार, महेन्द्रनारायण यादव, असर्फीलाल यादव, जिल्ला खेलकुद विकास समितका अध्यक्ष दशरथप्रसाद गुप्ता, जिल्ला कमिटि सदस्यहरु रामकुमार यादव, देवनारायण श्रेष्ठ, रामचन्द्र साह, शत्रुघ्न साह आजाद, भिम आले मगर, अरुणबहादुर पाण्डे, मानदेव मण्डल, सुरेन्द्रकुमार दास, रामकुमार राई, भोला यादव, सरोज कोइराला, रमेश दास, हरी खंग, शिवशंकर यादव, डम्बरलाल यादव, भोला यादव, मुन्नीदेवी साह, बोरिया गाविसका पूर्व अध्यक्ष गुलाब देवसहित चारसय संगठित सदस्यहरु एमाले प्रवेश गरेका छन् ।
२६ कात्तिक



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>