मुक्ति मोर्चाका इन्चार्ज हतियार सहित पक्राउ
Posted by
purwanews
Published on
Wednesday, November 13, 2013
इटहरी । जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाका सप्तरी १ नम्बर एरिया इन्चार्ज प्रदिप मुखीयालाई प्रहरीले हतियार सहित सप्तरीको गोवरगाढा गाविसबाट पक्राउ गरेको छ । मुखियाको साथबाट एक थान सकेट बम, नलकटुवा बन्दुक र त्यसमा लाग्ने दुई राउन्ड गोली बरामद गरिएको सप्तरी प्रहरी प्रमुख एसपी दिनेश अमात्यले जानकारी दिनुभयो । विशेष सुराकीको आधारमा प्रहरीले बिहान २ बजे घेरा हाली मुखीयालाई पक्राउ गरेको हो ।
चुनाव बिथोल्न भारतबाट नेपालतर्फ सोमवार राती छिरेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यसअघि सप्तरी प्रहरीले ज्वाला सिंहका जिल्ला कमाण्डर मुनेश्वर मण्डललाई सीमावर्ती गावस लालपट्टीबाट पक्राउ गरेको थियो । गणराज्य नेपाल
प्रतिक्रिया दिनुहोस् >>