सरकारले संविधानसभा निर्वाचनका लागि बृहद् सुरक्षा व्यवस्था गरेको छ
Posted by
purwanews
Published on
Monday, November 18, 2013
काठमाडौ । उम्मेदवार, मतदाता र मतदान केन्द्रको सुरक्षाका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी गरी २ लाख २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आइतबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सरकारले प्रभावकारी सुरक्षा रणनीति अवलम्बन गरेको उल्लेख गरे ।
“सुरक्षा व्यवस्था अधिकतम कडा पारिएकाले पूर्णरूपमा निश्चिन्त र ढुक्क भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदाताहरूलाई आह्वान गर्दछु” उनले भने ।
रेग्मीले मतदातालाई त्रसित पार्न भएको तोडफोड, आगजनी र विस्फोटका घटनामा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताए । यस्तो छ सुरक्षा व्यवस्था
सरकारले मतदान स्थल, केन्द्र र भौगोलिक अवस्था हेरी सुरक्षा व्यवस्था मिलाएको छ । मतदाता सुरक्षाका लागि बाहिरी घेरामा सेना बस्नेछ । मतदान केन्द्र जाने बाटोको सुरक्षा सशस्त्र प्रहरीले गर्ने छ ।
मतदान केन्द्रको भित्री भागको सुरक्षामा नेपाल प्रहरी खटिने छ । मतदाता, दुर्गम क्षेत्र, विरोधी समूहको सक्रियताको आधारमा सरकारले सवेदनशील र अति संवेदनशील मतदान केन्द्र विभाजन गरी सुरक्षा व्यवस्था मिलाएको छ ।
चुनावमा ६१ हजार ९ सय ९५ सैनिक खटिएका छन् ।नेपाल प्रहरी ४८ हजार ७ सय ८९ र म्यादी प्रहरी ४४ हजार ७ सय २४ परिचालित छन् । सशस्त्र प्रहरीबाट २९ हजार २९ जना परिचालन भएका छन् ।
राष्ट्रिय अनुसन्धानबाट प्रत्येक जिल्लामा गरी ४ सय ८० जना खटिएका छन् ।
उपत्यकाको सवारी व्यवस्थापनमा खटिएका ७ सय ट्राफिक पनि निर्वाचन सुरक्षामा भिडेका छन् । चुनावका लागि केन्द्रदेखि जिल्ला तहसम्म सेनाको रिजर्भ फोर्स २१ हजार २५ खटिएका छन् । बम डिस्पोजलका लागि ९ सय ६० जना खटिएका छन् ।
हवाई गस्ती तथा स्ट्राइकिङ फौजका लागि ५ एयर बेस स्थापना तथा परिचालनका लागि ३ सय ५० जना खटिएका छन् । निर्वाचन सेल तथा कमान्डमा १ हजार २ सय ७० जना परिचालन गरिएको छ । नेपाल प्रहरीले सुरक्षा प्रदान गर्दै आएको विमानस्थललगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा सेनाले लिएको छ । त्यसमा ६ हजार सैनिक खटिएका छन् ।
दुई सय ४० निर्वाचन क्षेत्रका २ सय ८० भन्दा बढी स्थानमा सेनाको युनिट रहेको सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले जनाए । प्रत्येक क्षेत्रमा कम्तीमा एक प्लाटुन(करिब ४० जनशक्तिं) परिचालन गरिएको छ । चुनावका बेला आपतकालीन समयमा गरिनुपर्ने उद्धारमा जनशक्ति, उद्धार सामग्री तथा हेलिकप्टरको व्यवस्थापन पनि सेनाले नै गर्नेछ । पाँचै विकास क्षेत्रमा हेलिकप्टरबाट सुरक्षा गस्ती पनि सेनाले गर्ने उनले बताए । निर्वाचन विरोधी समूहले त्रास फैलाउन राखेको विस्फोटक पदार्थलाई निस्तेज पार्न प्रत्येक निर्वाचन क्षेत्रमा बम डिस्पोजल टोली परिचालन गरिएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस् >>