पूर्वाञ्चलका ५९ नाका सिल : जिम्मा शशस्त्रलाई
विराटनगर । पूर्वाञ्चलका पाँच जिल्लाका ५९ नाका सोमबार साँझ ७ बजेदेखि सिल गरिएका छन् । इलाम, झापा, सुनसरी, मोरङ, सप्तरी र सिरहालगायत जिल्लाका ५९ नाका सिल गरिएको हो ।
नेपाल भारत सिमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकले निर्णय गरी दुवै देशका सुरक्षाकर्मीले आवागमनमा रोक लगाएका हुन् । नेपालतर्फ शशस्त्र प्रहरीले नाकामा सुरक्षाको कमाण्ड सम्हालेको छ भने भारततर्फ भारतीय सीमा सुरक्षा बलले कमाण्ड सम्हालेको छ । नाका सिल भएको समयमा अनुमती लिएर पनि नेपाल भारत दुवैतर्फ आवतजावत गर्न पाइने छैन ।
अटेर गर्नेलाई दुवै देशका सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका तर्फबाट एआइजी दुर्जकुमार राई पूर्व क्षेत्रको निर्वाचन क्षेत्रको सुरक्षा हेर्ने जिम्मेवारी पाएका छन् । इलामको एउटा, झापाको १० वटा, मोरङको २०, सुनसरीको ६, सप्तरीको ७ र सिरहाका १२ नाका सिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् >>