महागुरु फाल्गुनन्द लिङ्देनको १२९ औं जन्मजयन्ती मनाइदै

धरान / समाज सुधारक महागुरु मुहिगुम अंसिमाङ फाल्गुनन्द लिङ्देनको १२९ औं जन्मजयन्ती पुर्वका विभिन्न किराती धर्मावलम्बी समुदायले आज मनाउदै छन् । उनको जन्मजयन्ती पुर्वका विभिन्न किराती समुदाय, बेलायत, हङकङ, मलेसिया, भूटान, बर्मा, आसाम, सिक्किममा पनि मनाउने क्रम जारी छ ।

महागुरु फाल्गुनन्दले पुर्वका लिम्बु किराती समुदायमा बसेको विकृत संस्कारलाई सुधार गर्न तत्कालिन १० लिम्बु १७ थुमका लिम्बुहरुलाई चुम्लुङ गराई १० बुदे सत्य धर्म मुचुल्का लेखेका थिए । उनको जन्म विं.सं. १९४२ कर्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ गाविस ५ स्थित चुक्चिनाम्बामा भएको थियो । मृत्य २००५ चैत २२ गते भएको थियो ।

लिम्बु समुदायमा चलनकोरुपमा विकसित भएको छोरी चेलीको विवाहमा सोतरित खाने, देवी देवताको पुजा अर्चना गर्दा कुखुरा, सुंगुर, बोका, रांगाको बलि चढाउने र अन्न कुहाएर जांडरक्सी बनाएर खाने, सुर्ती जन्य लागुपदार्थ अत्यधिक सेवन गर्ने विकृत परम्परालाई परिवर्तन गर्न उनले १० बुदे सत्य धर्म मुचुल्का लेखेर सामाजिक सुधारका लागि जीवनभर प्रचार गरेको उनका अनुयायी पदम लावतीले बताए ।
समाजसुधारको प्रचारसंगै उनले श्रीजंगा लिपिलाई पनि साथै प्रचार गरेका थिए । उनले जन्म, विवाह, मृत्यु माथि आफ्नो नवीन दर्शन र विचार प्रतिपादन गरेर किराती समुदायलाई अहिंसा र सत्यको मार्गमा हिडे शत्रुले  पनि प्रेम गर्न सक्ने विचार व्यक्त गरेका थिए ।

बाल्यकालमा घरकाले नरधोज भनेर बोलाएपनि सानोमा फलामको चुरा र खुट्टामा कल्ली लगाई दिएकोले  ‘फलामसिं’ र तत्कालिन व्रिटिस शासित भारतीय पल्टनमा भर्ती भएपछि पनि  अहिंसा र समाज सुधारमा ध्यान र चिन्तन गरिरहने भएकाले ध्यानि उपनाम समेत पाएका थिए । व्रिटिस भारतीय गोर्खा सेनामा रहदा लडाइ गर्दै बर्मासम्म पुगेका थिए । पल्टनमा रहदा र नेपालमा फर्केर आएपछि फाल्गुन्दका बारेमा अनेक अध्यात्मिक मिथकहरु रहेका छन् ।

व्याबहारिक अध्यात्मवादी भएकाले उनलाई पछिल्लोकालमा फाल्गुनन्द नामले सम्बोधन गर्दै  धर्म, मुन्धुम, ज्ञान, भाषा, लीपी, बिबेक, संस्कार, संस्कृतिका बारेमा प्रवचन दिन थालेछि गुरुका पनि गुरु मानेर महागुरुको नामले किराती समुदायले सम्बोधन गर्न थालेका हुन् । उनका उत्तराधिकारी आत्मनन्द लिङ्देन हुन् ।
पशुपंछीको बध गर्दै जांड रक्सी र छोरी चेलीको सोतरित खाने भएकाले अनपढ, अशिक्षित हुन पुगेका किराती समुदायको भाषा लिपि, धर्म, कला संस्कृति संगै मुन्धुम लोप हुन थाले पछि उनले भारतीय पल्टन छाडेर सत्य र अहिंसाको प्रवचन दिन थालेको उनको जीवनीमा उल्लेख छ । फाल्गुनन्दद्धारा प्रतिपादित सत्यधर्म मुचुल्काले किरात समुदायमा व्यापक सुधार आएको मानिन्छ । उनको योगदानको कदर गर्दै सरकारले १६ औं राष्ट्रिय विभूतिको रुपमा मान्यता दिएर टिकट समेत प्रकासित गरेको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>