धरानमा निर्वाचन सामाग्री बोकेको गाडी तोड्फोड

धरान / सुनसरीको धरान–१३ अमरहाटमा अज्ञात समुहले तेह्रथुम जादै गरेको जिल्ला प्रसासन कार्यालयको नया गाडी आज विहान ६ बजे तोडफोड गरेको छ ।

मोटर साइलकमा आएका दुइ युवाले संविधानसभाको निर्वाचन प्रयोजनका लागि तेह्रथुम जिल्ला प्रसाससन कार्यालयमा गइरहेको अवस्थामा सेतो नया बोलेरो ना अ ९१४ अस्थाई नम्बरको गाडि तोडफोड भएको जिल्ला ट्राफिक कार्यालयका निरिक्षक नविन अधिकारीले बताए । गाडी रोकेर हेल्मेटले सिसाहरु क्षतिग्रस्त बनाएका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै जिल्ला प्रसासनको गाडी तोडफोड गरेको हुन सक्ने प्रहरीले जनाएको छ । यसै गरी अर्को समुहले धरानको जिरो पोइन्टमा नम्बर नखुलेको एक टेम्पो पनि तोडफोड गरेको प्रहरीले जनाएको छ । सरकारले सडकमा सेना, शसस्त्र, जनपद र म्यादी प्रहरी परिचालन गरेको अवस्थामा अज्ञात समुहले जिल्ला प्रसासनकै गाडि तोडफोड गरिनु सुरक्षा चुनौती थपिएको स्थानीयहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>