चुनावी प्रचारको सिलसिलामा दैनिकजसो विभिन्न दलको र्याली हुन्छ । एउटा
र्यालीमा कम्तीमा सयवटा मोटरसाइकल हुन्छन्,' पम्पका कर्मचारी अनिल घिसिङले भने, 'पेट्रोल ल्याएको केही छिनमै सकिन्छ । पु¥याउनै सकिएको छैन ।'अरुबेला दैनिक १५ सय लिटर बेच्ने उक्त पम्पले एक महिनायता दुई हजार लिटर पेट्रोल बेचिरहेको घिसिङले बताए।
संविधानसभा निर्वाचनमा उठेका उम्मेदवारले कार्यकर्ता परिचालन गर्दा पेट्रोल दिने गरेका छन् । एकजना कार्यकर्तालाई पाँचदेखि १० लिटरसम्म पेट्रोल दिन्छन् । उम्मेदवारले कार्यकर्तालाई इन्धन बाँड्न थालेपछि मुलुकभर पेट्रोलको खपत बढेको छ । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले देशभरका पम्पमा पेट्रोलको बिक्री बढेको जानकारी दिए ।
'हामीलाई देशभरि नै पेट्रोलको बिक्री बढेको जानकारी आएको छ । चुनावी ¥यालीमा सवारी साधन प्रयोग भइरहेकोले इन्धन बिक्री बढ्नु स्वभाविक हो,' उनले भने, 'डिजेल माग भने खासै बढेको छैन ।' लोडसेडिङ सुरु भएकोले डिजलको माग भने थोरै बढेको उनले बताए ।
विराटनगरमा चुनावी ¥यालीमा अरुभन्दा मोटरसाइकल नै प्रयोग भएको छ । पूर्व उप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले गरेको मोटरसाइकल र गाडी ¥यालीले केही दिनअघि ट्राफिक जामनै भएको थियो ।
विराटनगर क्षेत्रमा विभिन्न दलले दैनिकजसो सयौं मोटरसाइकल सामेल ¥याली गरिरहेका छन् । निर्वाचन कार्यक्रममा हिँडडुल गर्दा दुईवटा गाडी मात्रै प्रयोग गर्न पाइने कानुनी प्रावधान छ । तर अधिकांश दलले यो प्रावधान मिचेका छन् । पेट्रोलको माग बढेकोले निगमलाई भने राहत नै भएको छ । निगमलाई पेट्रोल एक लिटरमा ७ रुपैयाँ ५४ पैसा नाफा छ । डिजलको माग बढेको भए निगमको नोक्सानी बढ्थ्यो । निगमलाई डिजल एक लिटरमा ८ रुपैयाँ ८७ पैसा नोक्सान छ । सरकारले पनि निर्वाचनमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन मन फुकाएर पैसा दिइरहेको छ ।
चुनावले बढायो इन्धन खपत
Posted by
purwanews
Published on
Tuesday, November 12, 2013
काठमाडौं, पछिल्लो एक महिनामा पेट्रोलको कारोबार दैनिक चार सय लिटरले बढेको छ । राजधानीका अधिकांश पम्पको पेट्रोल बिक्री बढेको छ । राजधानीबाहिर माग अझ बढी छ ।
नागरिक
काठमाडौं, पछिल्लो एक महिनामा पेट्रोलको कारोबार दैनिक चार सय लिटरले बढेको छ । राजधानीका अधिकांश पम्पको पेट्रोल बिक्री बढेको छ । राजधानीबाहिर माग अझ बढी छ ।
नागरिक
प्रतिक्रिया दिनुहोस् >>