यातायात ब्यवसायीले बन्दको अवज्ञा गर्ने


धरान, संविधान सभा निर्वाचनको विरोधमा नेकपा-माओवादीले आह्वान गरेको दस दिने बन्दलाई कोशीका यातायात व्यावसायी एवं मजदुरहरुले मंगलबारदेखि अवज्ञा गर्ने भएका छन्। दस दिने लामो बन्दको पहिलो दिन संयमता अपनाएर आमहड्ताललाई साथ दिए पनि कातिक २६ गतेदेखि यातयात मात्रै बन्द गर्ने घोषणा गरिएपछि यहाँका व्यावसायी एवं मजदुरले विरोध जनाउँदै यातायात सुचारु गर्ने सहमति गरेका हुन्।

सोमबार धरानमा विभिन्न ६ वटा यातायात व्यवसायी तथा मजदुर संगठनहरुको वैठक बसेर निर्वाचन असफल पार्ने नाममा २६ गतेदेखि यातायात मात्रै बन्दको घोषणा अन्यायपुर्ण भएको ठहर गर्दै असहमति प्रकट गरेका थिए।
राज्यलेसमेत सुरक्षाको प्रत्याभूति गर्ने र ९० प्रतिशत क्षतिपूर्तिवापत व्यहोर्ने घोषणा गरिसकेकोले मंगलबारदेखिको बन्द अवज्ञा गर्ने निर्णय गरिएको नेपाल यातायात व्यावसायी राष्टिय महासंघ कोशी अञ्चल कमिटिका अध्यक्ष सरोज श्रेष्ठले बताए। 'नेकपा-माओवादीले आम हडतालपछि आन्दोलनको स्वरुपमा परिर्वतन गर्नसकिने बताएकोले आज संयमता अपनायौं,' अध्यक्ष श्रेष्ठले भने, 'तर, उहाँहरुले २६ गतेदेखि यातायात मात्रै बन्द गर्ने निर्णय नसच्याएपछि यसले यातायात व्यवसायी र मजदुरलाई मार पर्ने भएकोले अवज्ञा गर्ने निर्णय गरेका छौं।'
नागरिक

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>