माओवादीको खोजीमा सुराकीहरु
Posted by
purwanews
Published on
Monday, November 11, 2013
इटहरी, ड्यास माओवादीको नेतृत्वमा रहेको निर्वाचन विरोधी ३३ दलीय मोर्चामा आवद्ध राजनीतिकर्मीहरुलाई पहिला जनयुद्धकै झझल्को दिने गरी प्रहरीले खोजी गरिरहेको छ ।
जति जति मंसीर ४ नजिकिंदै छ त्यती त्यती ३३ दलिय मोर्चाको जनजागरण अभियान साथै निर्वाचन बहिस्कार अभियान पनि बढीरहेको छ । उमेद्वारको गाडी जलाउने, धम्क्याउने, कुट्ने, जनता समक्ष भण्डाफोर अभियान गर्ने कार्यमा तिव्रता दिन थालेपछि सुरक्षाको जिम्मेवार निकाय नेपाली सेना चूप लागेर बिहानैदेखी बाटोे–घाटो, गाउँबस्ती, सडक, चोक, गल्लीमा बन्दुक लिएर लामबद्ध हुँदै हिंड्ने गरेका छन् । उनीहरुले को चुनाव विरोधी ? को चुनाव पक्षधर ? भनेर उपस्थिती देखाउने छन् । कोणसभाहरु, सम्मेलन अथवा जमघट भएका ठाउँमा लुसुक्क छिरेर सुराकी गर्दै आफ्नो मालिकलाई रिपोर्ट पेश गर्न तल्लीन छन् । यस्तो कार्यमा सेनाको विशेष राष्ट्रिय अनुसन्धानका गुप्तचर, प्रहरीका सिभिल केही गैह्र सरकारी मान्छेहरु, पार्टी र विदेशी संघ संस्थाका मानिसहरु पनि बिद्रोहीहरुको नाम लिस्ट उतारीरहेका छन् ।
ठाउँठाउँमा खासगरी ड्यास माओवादीका कार्यकर्ता पक्रन थालेपछि त्यो पार्टी अथवा कार्यकर्ताहरु निर्वाचनप्रति असन्तुष्ट सर्वसाधारण पनि अब के हुने हो भनेर डराइरहेका छन् ।
पूर्वमा क्षेत्रिय रुपले बहिस्कारका पक्षमा ड्यास माओवादी पछि अग्रपङ्तीमा रहेको कुमार लिङदेन अध्यक्ष रहेको संघीय लिम्बुवान राज्य परिषद नामक पार्टीका कार्यकर्तापनि यतिबेला सुरक्षाकर्मीको लिस्टमा छन् ।
गणराज्य नेपाल
प्रतिक्रिया दिनुहोस् >>