पत्रकार आक्रमणको बिरोधमा धरानमा महासंघको र्याली


धरान /  धरानका पत्रकार गोपाल देवान माथि भएको गोली प्रहारको विरोध गर्दै धरानका पत्रकारहरुले आज विरोध याली निकालेका छन ।चतरा लाइन स्थित पत्रकार महासंघको कार्यालयबाट निस्केको ¥याली छाता चौक हुदै भानुचौकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै पत्रकार गोपाल देवानले अपराधी गिरोहले आफु माथि गरेको आक्रमण एउटा पत्रकार माथि मात्र नभई सिंंगो प्रेष माथि कै आक्रमण भएको बताए । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशब घिमिरेले पत्रकार माथि भईरहेको श्रृखलालाई रोक्न सरकार अग्रसर नभए कडा भन्दा कडा आन्दोलन मा उत्रने चेतावनी दिए ।

 अज्ञात समुहले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रिय सल्लाहाकार तथा धरानबाट प्रकाशन हुने बिश्वस्त शुत्र साप्ताहिकका सम्पादक प्रकाशक गोपाल देवान माथि हिजो सांझ ७ बजेर १० मिनेटमा धरानको चतरालाइन स्थित आफ्नै कार्यलयमा काम गरिरहको अवस्थामा गोलि प्रहार भएको थियो । सो घटना प्रति घोर भत्र्सना गर्दै नेपाल पत्रकाार महासंघ सुनसरी र फोनिज जिल्ला कार्यसमिति सुनसरीले आक्रमण्कारीको पहिचान गरी कानुनी कार्यवाही गर्न नेपाल सरकार संग ज्ञापन पत्र बुझाएको छ ।

पत्रकारको टोलीले कोशी अन्चल प्रहरी प्रमुख यादवराज खनाललाई भेटी पत्रकारको सुरक्षामा संवेदनशील हुन आग्रह गरेको छ ।

पत्रकार माथि श्रृङ्खलाबद्ध आक्रमण भइरहेको भन्दै पत्रकार महासंघ सुनसरी शाखाका सभापति केशव घिमिरेको नेतृत्वमा पुगेको टोलीले अविलम्ब दोषीलाई पक्राउ गरी कार्बाही गर्न माग गरेको छ ।
पत्रकारको टोली सँग कुरा गर्दै एसएसपी खनालले भने, " घटनालाई गम्भीर रुपमा लिएको छु । दोषीलाई पत्ता लगाएर जति सक्दो चाँडो कार्बाहीको दायरामा ल्याउनेछु ।"

उमा सिंहको हत्यारालाई आफैँले पक्राउ गरी कार्बाही गरेको बताउँदै एसएसपी खनालले आपराधिक कृयाकलाप गर्ने जोकोहीलाई पनि नछाड्ने र अनुसन्धान सुक्ष्म रुपले गर्ने बताए । अनुसन्धानलाई अगाडि बढाउन इलाका प्रहरी कार्यालय धरानका डिएसपी टेकबहादुर तामाङको संयोजकत्वमा टोली परिचालन गरेको एसएसपी यादवराज खनालले बताए ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>