संविधानसभाका लागि मोरङ क्षेत्र नं ५ मा उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा
Posted by
purwanews
Published on
Monday, November 11, 2013
विराटनगर /
संविधानसभा निर्वाचनका लागि मोरङ क्षेत्र नं ५ मा चार उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा रहेको छ । यस क्षेत्रबाट मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, सद्भावना पार्टीका वरिष्ठ नेता एवम् शाहीकालीन पूर्वउपप्रधानमन्त्री बद्री मण्डल, नेपाली काँग्रेस मोरङका अध्यक्ष अमृत अर्याल र एकीकृत नेकपा (माओवादी)का बालेश्वर कामत चुनावी प्रतिस्पर्धामा रहेका छन ।
सो क्षेत्रबाट अन्य प्रमुख उम्मेदवारहरुमा नेकपा (एमाले)बाट रामलाल साह, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)बाट दिनेश यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट वसन्तलाल राजवंशी, राप्रपा नेपालबाट सूर्यलाल यादव, सङ्घीय समाजवादी पार्टीबाट सुन्दरलाल सिंहले प्रतिस्पर्धा गरिरहेका छन ।
यस क्षेत्रमा कस्ले विजय हासिल गर्ने हो भन्ने बारेमा मुलुकको ध्यान केन्द्रित भएको छ ।
पञ्चायतकालीन निर्वाचनदेखि प्रजातन्त्रको निर्वाचनमा उम्मेदवार भई सदैव विजयी भएका मण्डलको उम्मेदवारीले यस क्षेत्रको निर्वाचनमा तीव्र प्रतिस्पर्धा उत्पन्न गराएको छ । पहिलो संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव २७ हजार ५०८ मत ल्याई विजयी भएका थिए भने उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेपाली काँग्रेस मोरङका अध्यक्ष अर्यालले १० हजार ३२४ मत ल्याएका थिए ।
एनेकपा (माओवादी)का राजेन्द्रप्रसाद गुप्ताले तीन हजार ६१६, नेकपा (एमाले)की मीनादेवी यादवले दुई हजार २२५ र सद्भावना पार्टीका रामनारायण यादवले ५०५ मत ल्याएका थिए। अध्यक्ष यादव सुनसरी क्षेत्र नं ५ मा समेत विजयी भएकाले मोरङ क्षेत्र नं ५ छाड्नु परेपछि भएको उपनिर्वाचनमा फोरम नेपालकै मोरङ जिल्ला अध्यक्ष जयराम यादव विजयी भएका थिए ।
विराटनगर उपमहानगरपालिका–१६, १७, १८, १९, २०, २१ र २२ गरी सातवटा वडा तथा बुधनगर, भाथिगछ, मझारे, नोचा, सिसवनी जहदा र पोखरिया गरी ६ गाविस रहेको यस निर्वाचन क्षेत्रमा २४ हजार २२१ महिला र २८ हजार ८५१ पुरुष गरी कुल ५३ हजार ७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
संविधानसभा निर्वाचनका लागि मोरङ क्षेत्र नं ५ मा चार उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा रहेको छ । यस क्षेत्रबाट मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, सद्भावना पार्टीका वरिष्ठ नेता एवम् शाहीकालीन पूर्वउपप्रधानमन्त्री बद्री मण्डल, नेपाली काँग्रेस मोरङका अध्यक्ष अमृत अर्याल र एकीकृत नेकपा (माओवादी)का बालेश्वर कामत चुनावी प्रतिस्पर्धामा रहेका छन ।सो क्षेत्रबाट अन्य प्रमुख उम्मेदवारहरुमा नेकपा (एमाले)बाट रामलाल साह, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)बाट दिनेश यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट वसन्तलाल राजवंशी, राप्रपा नेपालबाट सूर्यलाल यादव, सङ्घीय समाजवादी पार्टीबाट सुन्दरलाल सिंहले प्रतिस्पर्धा गरिरहेका छन ।
यस क्षेत्रमा कस्ले विजय हासिल गर्ने हो भन्ने बारेमा मुलुकको ध्यान केन्द्रित भएको छ ।
पञ्चायतकालीन निर्वाचनदेखि प्रजातन्त्रको निर्वाचनमा उम्मेदवार भई सदैव विजयी भएका मण्डलको उम्मेदवारीले यस क्षेत्रको निर्वाचनमा तीव्र प्रतिस्पर्धा उत्पन्न गराएको छ । पहिलो संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव २७ हजार ५०८ मत ल्याई विजयी भएका थिए भने उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेपाली काँग्रेस मोरङका अध्यक्ष अर्यालले १० हजार ३२४ मत ल्याएका थिए ।
एनेकपा (माओवादी)का राजेन्द्रप्रसाद गुप्ताले तीन हजार ६१६, नेकपा (एमाले)की मीनादेवी यादवले दुई हजार २२५ र सद्भावना पार्टीका रामनारायण यादवले ५०५ मत ल्याएका थिए। अध्यक्ष यादव सुनसरी क्षेत्र नं ५ मा समेत विजयी भएकाले मोरङ क्षेत्र नं ५ छाड्नु परेपछि भएको उपनिर्वाचनमा फोरम नेपालकै मोरङ जिल्ला अध्यक्ष जयराम यादव विजयी भएका थिए ।
विराटनगर उपमहानगरपालिका–१६, १७, १८, १९, २०, २१ र २२ गरी सातवटा वडा तथा बुधनगर, भाथिगछ, मझारे, नोचा, सिसवनी जहदा र पोखरिया गरी ६ गाविस रहेको यस निर्वाचन क्षेत्रमा २४ हजार २२१ महिला र २८ हजार ८५१ पुरुष गरी कुल ५३ हजार ७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>