ठूला भन्दा सानाबाट प्रत्यक्षतर्फ महिला उम्मेदवार बढी
Posted by
purwanews
Published on
Monday, November 11, 2013
बिराटनगर / आसन्न संविधानसभा निर्वाचनमा ठूला राजनीतिक दलभन्दा साना दलले प्रत्यक्षतर्फ महिला उम्मेदवार बढी खडा गरेका छन् । समावेशी नारालाई व्यवहारमा उतार्न नसकेकै कारण कुनै पनि ठूला दलबाट प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलाको उम्मेदवारी परेको छैन ।
देशभर प्रत्यक्षतर्फ ६ हजार १४७ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रत्यक्षतर्फ २४० सिटमा नेपाली काँग्रेसले २५, नेकपा (एमाले)ले २६, एकीकृत नेकपा (माओवादी)ले २६, मधेसी जनअधिकार फोरम नेपालले २३ र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले २० जना महिलालाई उम्मेदवार बनाएका छन् ।
यस्तै प्रत्यक्षतर्फकै २४० सिटमा नेपाल मजदुर किसान पार्टीले सबैभन्दा बढी ३२ जना महिला उम्मेदवार बनाई २५ प्रतिशत महिलालाई ग्राह्यता दिएको पाइएको छ भने नेपाल परिवार दल र राष्ट्रिय जनमोर्चाले २५ - २५ जना महिला उम्मेदवार बनाई क्रमशः १५.१४ र १९.६२ प्रतिशत पु¥याएको छ ।
लामो समयदेखि महिला समानताको अधिकार खोजी भइरहेको अवस्थामा राजनीतिक दलले महिलाप्रति उदासीनता देखाउनु लोकतन्त्रकै उपहास हुने महिलाअधिकारकर्मीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् >>
.jpg)