"संविधान दिन नसके प्राणको आहुती दिन्छु" (भिडियोसहित)

सुनसरी । चुनावमा भोट पाउनको लागि विभिन्न नेताहरुले अनेक जुक्ति लगाउँछन् । चर्चामा आउने र मतदाता फकाउने काम गर्छन् । चुनावमा भोट तान्नको लागि आश्वासन र सपनाका ललीपप समेत बाँड्छन् । तर सद्भावनाका एक उम्मेदवारले भने संविधानसभामा पुगेर पनि संविधान बनाउन नसके आत्महत्या गर्ने बताएका छन् ।
राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना सुनसरी क्षेत्र नं. ४ का उम्मेदवार महिश्चन्द्र शाहले पूर्वन्युजसँग कुरा गर्दै संविधानसभामा गएर पनि संविधान बनाउन नसके प्राणको आहुती दिने बताएका हुन् । उनले नेताहरुले विकास गर्ने आश्वासन दिएर संविधानसभा ओझेलमा पारेको बताउँदै संविधानसभामार्फत् संविधान दिन नसके आफ्नो प्राण आहुती दिएर देशलाई निकास दिने अठोट गरेको बताए । हेर्नुहोस् उनको यो प्रतिज्ञा:


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>