धरानमा बढ्यो चुनावी तनाव : फेरी तोडफोड र आगजनी (फोटो फिचरसहित)
धरान । संघीय समाजवादी पार्टी कार्यकर्ताले सुनसरी क्षेत्र नम्बर १ स्थित धरान नगरपालिकाको वडा नम्बर ११, १६ १७ का नेकपा एमालेका निर्वाचन परिचालन कार्यालय तथा प्रचार प्रसार कमिटिको कार्यालयमा गएराती तोडफोड गरेको एमालेले आरोप लगाएको छ ।
समाजवादी कार्यकर्ताहरु बिहिवार राती निर्वाचन परिचालन कार्यालय तथा प्रचार प्रसार कमिटिको कार्यालयसँगै अखिल नेपाल महिला संघ र युवा संघ नेपालका वडा कार्यालयमा समेत आगजनी गरेको एमाले सुनसरी क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटिले जनाएको छ । समाजवादी कार्यकर्ताहरुले वडा कार्यालयहरुमा रहेका झण्डा जलाउनुका साथै कमिटिको बोर्ड तथा व्यानर समेत जलाएको एमालेले आरोप लगाएको छ ।
उनीहरुले धरान १७ मा रहेको निर्वाचन परिचालन कार्यालय तथा प्रचार प्रसार कमिटिको कार्यालयका झण्डा जलाउनुका साथै एमालेको कार्यालयको सटर 'संघीय समाजवादी पार्टी जिन्दावाद'समेत लेखेका छन् ।
अघिल्लो दिन पनि समाजवादीले धरान ११ कार्यालय र ११ नम्बर सहितका वडाहरुमा समेत आगजनी गरेको थियो । घटनाको विषयमा इलाका प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराई सकेको एमाले कमिटिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>