झापामा आलुको बीउ अभाव

दमक । झापामा बीउ अभावले आलु रोप्न समस्या भएको कृषकहरुको गुनासो गरेका छन । आलुखेतीका लागि उपयुक्त मानिएको कात्तिक र मङ्सिरको मध्यमा समेत बीउको मूल्य महागो भएको  र बजारमा बिउ पर्याप्त नभएको  कृषकले गुनासो गरेका हुन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु महागो भएपनि खोजेजस्तो बीउ नपाइएको कृषकले बताएका छन ।

कृषकका अनुसार अघिल्ला वर्षको तुलनामा यो वर्ष आलुको बीउको मूल्य झन्डै दोब्बर भएको छ । लखनपुर–६ का कृषक वीरेन्द्र सुब्बाका अनुसार गुणस्तरीय बीउ नपाउदा घरमै खान राखिएको आलुको बीउ रोप्न थालेका छन । सुब्बा भन्छन, "बीउ अन्य समयको तुलनामा पच्चीस प्रतिशत मूल्य बढेको छ ।"

शीतभण्डारणमा आफ्नै आलुको बीउ राख्ने सहज व्यवस्था नहुदा किसानले बर्सेनि बीउको समस्या भोग्नु परेको छ । हाल झापामा दुई वटामात्र व्यावसायिक शीत भण्डार छन् । दमक र विर्तामोडमा रहेका एक/एक शीतभण्डारमा सामूहिक रूपमा वा ठूलो परिमाणमा आलु लैजाादा मात्र राख्न सहज हुने भएकाले सबै कृषक यसैतर्फ लागेका छन् ।

झापामा अधिकांश आलुको बीउ भारत र भुटानबाट आउने गरेको छ । अधिकांश नेपाली कृषकले अहिले पनि विदेशबाट आयात भएको आलुको बीउमा निर्भर हुनुपरेको जनाएका छन् । बीउ व्यवसायी रामजनक शाहले नेपाल र भारतका विभिन्न स्थानबाट बीउ आउने भएपनि ढुवानी सहज भई नसकेकाले कृषकको मागअनुसारको बीउ बजारमा नभएको बताए । उनी भन्छन," स्थानीय बजारमा नेपाली कृषकले आलु उत्पादन गरेपनि भण्डारणका लागि शीतगृहको अभाव हुने गरेकाले आलुको बिउमा परनिर्भर हुनुपरेको छ ।"


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>