नेपालमा काठ र स्टिलको प्रयोगबाट घर बन्ने
Posted by
purwanews
Published on
Friday, November 29, 2013
पोखरा , विकसित मुलुकहरुमा जस्तै नेपालमा पनि सिमेन्ट, इटा र रडको विकल्पमा काठ र स्टिलको प्रयोगबाट घर बन्ने प्रविधि भित्रिएको छ। जापानमा लामो समयदेखि काठ र स्टिलबाट घर बनाउँदै आएको इस्सुइसा कर्पोरेसनले नेपालमा पनि यस्तो प्रविधि ल्याएको हो।
लामो समयदेखि जापानमा बसोबास गर्दै आएका नेपाली इन्जिनियर सुन्दर पौडेलले इस्सुइसा कर्पा 'रेसनसँगको साझेदारीमा नेपाल इस्सुइसा प्रालिु खोलेर पोखराबाट घर बनाउने काम सुरु गरेका छन्। नेपालमा न्यूनतम मूल्यमा जापानी शैलीमा काठ र स्टिलबाट घर निर्माण गर्ने अवधारणासहित कम्पनी भित्रिएको उनले जानकारी दिए।
इस्सुइसा कर्पोरेसन जापानमा ६ दशकभन्दा लामो सयमदेखि घरजग्गा तथा निर्माण क्षेत्रमा क्रियाशील छ। यसले विश्वमै पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय शाखा खोलेको हो। नेपालमा १० करोड रुपैयाँसम्म लगानी गर्ने कम्पनीको लक्ष्य रहेको जानकारी नेपाल इस्सुइसाका प्रमुख पौडेलले जानकारी दिए।
जापान, अमेरिका, बेलायत लगायत विश्वका विकसित मुलुकमा सिमेन्ट र ढुंगा, गिटी बालुवाको सट्टा काठ र स्टिलबाट निजी घर तथा भवन बनाउनले चलन छ, पौडेलले भने, हामी त्यही प्रविधि नेपालमा प्रयोग गर्छौ। कम्पनीले निजी घर, कार्यालय, स्कुल र अस्पताल एवं ठूलाठूला विलासी भिल्ला र होटल तथा रिसोर्टहरु बनाउने लक्ष्य राखेको छ।
काठ र स्टिलबाट घर तथा भवन बनाउने जापानमा चलनचल्तीमा रहेको९ टु बाई फोर० प्रविधिअनुसार निर्माण गर्दा समय र खर्चको बचत हुने जानकारी पौडेलले दिए। भूकम्पीय जोखिममा रहेको जापानमा यो प्रविधि अत्यन्तै लोकप्रिय रहेको उनले बताए। कंक्रिटका भन्दा निकै हलुका हुने स्टिल र काठका घर भूकम्पीय जोखिमबाट कम खतरामा हुन्छन्, उनले भने, 'भूकम्प आएर घर ढलेर मान्छे मर्ने डर कम हुन्छ। भूकम्प आउँदा कंक्रिटका घरहरु भत्केर धेरै क्षति हुन्छ, तर जापानी प्रविधिका घरमा त्यस्तो जोखिम कम हुन्छ।
'सबैका लागि घरु' भन्ने नाराका साथ कम्पनीले न्यूनआय भएका ग्रामीण क्षेत्रका उपभोक्ताका लागि विशेष सहुलियत मूल्यमा घर निर्माण गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस् >>