कांग्रेस सभापति र चिनिया राजदुत बीच भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र चिनियाँ राजदूत हु चुन्ताई  बीच भेटवार्ता भएको छ ।  कोइराला निवास महाराजगञ्जमा आज भएको भेटवार्तामा राजदूत चुन्ताईले नयाँ सरकार गठन र अबको राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए ।

संविधानसभा चुनावबाट काँग्रेस पहिलो पार्टी बनेकोमा बधाई दिँदै उनले चीनले नेपालमा राजनीतिक स्थायित्व र आर्थिक विकास चाहेको बताएका थिए । 

सभापति कोइरालाले दलहरुबीचको सहकार्यबाट सबै समस्याको समाधान खोज्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>