चीनमा एक सन्तान नीति खुकुलो हुने

बेइजिङ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार आइन्दा बाबु आमा मध्ये यदी एकजना तिनका बाबु-आमाका एकमात्र सन्तान रहेछन् भने त्यस्ता परिवारलाई एकभन्दा बढी सन्तान जन्माउन अनुमति दिइनेछ।
चीनको जनसंख्याको दिगो र सन्तुलित विकासका निम्ति एक सन्तान नीतिलाई विस्तारै खुकुलो र सुधार गर्दै लगिने सिन्ह्वाको समाचारमा जनाइएको छ।
यसै साता चीनमा बसेको कम्युनिष्ट पार्टिको महत्वपूर्ण बैठकले यो निर्णय गरेको बताइएको छ।

जस अन्तर्गत श्रम शिविर मार्फत पुनर्शिक्षा दिइने अभियान उन्मूलन गरिएको छ भने अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका थप बढाइनेछ।उक्त बैठकले अन्य सुधारका घोषणापनि गरेको छ।
“घोषणा गरिएका आर्थिक सुधारका नीतिमध्ये राज्य नियन्त्रित उद्योगहरुलाई थप निजी प्रतिस्पर्धामा लैजाने पर्दछ। चीनको वृद्धिमा देखिएको सुस्ततासंग जुध्न यी नीति अघि सारिएको ठानिएको छ,” बीबीसी सम्वाददाता मार्टिन प्यासियन्सको भनाई।
यी घोषणाहरु पार्टिको तेस्रो प्लेनमपछि जारी गरिएको २२ हजार शब्दको दस्तावेजमा उल्लेख गरिएका छन्।
गत वर्ष चीनको राष्ट्रपतिपदमा नियुक्त भएका शी जिनपींगको नेतृत्वमा बसेको पार्टिको तेस्रो प्लेनम अर्थात विस्तारित बैठकले यी निर्णय लिएको हो। 
(बि बि सि )

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>