समानुपातिक तर्फको मत गणना सम्पन्न (परिणामसहित)
Posted by
purwanews
Published on
Thursday, November 28, 2013
काठमाडौं - संविधान सभा निर्वाचन २०७० को समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ। प्रत्यक्षतर्फको तुलनामा प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले समानुपातिकमा २-२ लाख कम मत समानुपातिकमा पाएका छन्।
समानुपातिक तर्फ काँग्रेसले ९१ सिट पाएको छ भने एमालेले ८४ सिट पाएको छ । एमाओवादी र राप्रपा नेपालले क्रमशः ५४ र २३ सिट जितेका छन् ।
प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको कमल थापा नेतृत्त्वको राप्रपा नेपालले समानुपातिकतर्फ चौथो स्थान हासिल गरेको छ। प्रत्यक्षतर्फ नील हुनुका वावजुद राप्रपा नेपाल संविधान सभामा मुलुकको चौथो ठूलो दल बन्न सफल भएको छ। यो दलले प्रत्यक्षतर्फको तुलनामा तीन गुना मत समानुपातिकमा जोड्न सफल रहेको छ
नेपाली काँग्रेसले प्रत्यक्षतर्फ कूल २६ लाख ९४ हजार ७ सय ९७ मत हासिल गरेको थियो। उसले समानुपातिकमा २४ लाख १२ हजार ८ सय ८७ मत ल्यायो। दोस्रो स्थानमा रहेको नेकपा एमालेले प्रत्यक्षमा २४ लाख ९२ हजार ८३ मत ल्याएकोमा समानुपातिकमा २२ लाख ३० हजार ४ सय ६ मत ल्यायो। तेस्रो स्थानमा रहेको एनेकपा माओवादीले प्रत्यक्षमा १६ लाख ८ हजार ६ सय ९० मत ल्याएकोमा समानुपातिकमा १४ लाख २७ हजार ६ सय ४६ मत ल्यायो।
राप्रपाले प्रत्यक्षमा २ लाख ३८ हजार २ सय ५७ मत मात्र जोडे पनि समानुपातिकमा उसले ६ लख १६ हजार ५ सय ६४ मत ल्यायो। समानुपातिककै कारण यो दल चौथो ठूलो शक्तिकारुपमा संविधान सभामा उदाएको छ।
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)ले प्रत्यक्षमा २ लाख ८३ हजार ४ सय ५६ मत ल्याएकोमा समानुपातिकमा २ लाख ६४ हजार ५ सय १६ मत ल्याएको छ।
समानुपातिक तर्फ काँग्रेसले ९१ सिट पाएको छ भने एमालेले ८४ सिट पाएको छ । एमाओवादी र राप्रपा नेपालले क्रमशः ५४ र २३ सिट जितेका छन् ।
प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको कमल थापा नेतृत्त्वको राप्रपा नेपालले समानुपातिकतर्फ चौथो स्थान हासिल गरेको छ। प्रत्यक्षतर्फ नील हुनुका वावजुद राप्रपा नेपाल संविधान सभामा मुलुकको चौथो ठूलो दल बन्न सफल भएको छ। यो दलले प्रत्यक्षतर्फको तुलनामा तीन गुना मत समानुपातिकमा जोड्न सफल रहेको छ
नेपाली काँग्रेसले प्रत्यक्षतर्फ कूल २६ लाख ९४ हजार ७ सय ९७ मत हासिल गरेको थियो। उसले समानुपातिकमा २४ लाख १२ हजार ८ सय ८७ मत ल्यायो। दोस्रो स्थानमा रहेको नेकपा एमालेले प्रत्यक्षमा २४ लाख ९२ हजार ८३ मत ल्याएकोमा समानुपातिकमा २२ लाख ३० हजार ४ सय ६ मत ल्यायो। तेस्रो स्थानमा रहेको एनेकपा माओवादीले प्रत्यक्षमा १६ लाख ८ हजार ६ सय ९० मत ल्याएकोमा समानुपातिकमा १४ लाख २७ हजार ६ सय ४६ मत ल्यायो।
राप्रपाले प्रत्यक्षमा २ लाख ३८ हजार २ सय ५७ मत मात्र जोडे पनि समानुपातिकमा उसले ६ लख १६ हजार ५ सय ६४ मत ल्यायो। समानुपातिककै कारण यो दल चौथो ठूलो शक्तिकारुपमा संविधान सभामा उदाएको छ।मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)ले प्रत्यक्षमा २ लाख ८३ हजार ४ सय ५६ मत ल्याएकोमा समानुपातिकमा २ लाख ६४ हजार ५ सय १६ मत ल्याएको छ।
प्रतिक्रिया दिनुहोस् >>