' संविधान संसोधनका लागि सहमतिय प्रणाली आवश्यक ’ : माओवादी
Posted by
purwanews
Published on
Thursday, November 28, 2013
.jpg)
लक्ष्मी दर्नाल । धरान
मंसिर ४ मा सम्पन्न निर्वाचनको मतगणना धाधली भएको भन्दै ऐकिकृत नेकपा माओवादीका नेता वर्षमान पुनको संयोजकत्वमा ६ जना सदस्य रहेको छानविन समिति गठन गरिएको ऐकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य मुक्साहाङ मेन्याङ्बोले बताएका छन् ।
विहिवार धरानमा पत्रकार सम्मेलनको आयोजना गरि केन्द्रिय सदस्य मेन्याङ्बोले त्यस्तो बताएका हुन् । उनले भने, ‘यदी अन्तरिम संविधान संसोधन हुनाका लागि सहमतिय प्रणालीको आवश्यक रहेको छ ।’
केन्द्रिय सदस्य मेन्याङ्बोले धाधली र षडयन्त्रबारे छानविन गर्न उच्चस्तरिय स्वतन्त्र आयोग गठन गर्न, परिवर्तनलाई संस्थागत गर्न र सबै पक्षको सहमतिमा संविधान निर्माण गर्न अन्तरिम संविधान संशोधन गरी सहमतिय प्रावधान राख्न सम्बन्धित सबै पक्षलाई आग्रह समेत गरे ।
विजयी भएका नवनिर्वाचित सभाषद, चुनावदेखि बाहिर रहेका दलहरुलाई समेटेर अघि बढेमा जनताले मागेको संविधान बनाउनुपर्नेमा जोड दिएका थिए । उनका अनुसार अहिले पनि यथास्थितिमा संविधान सरकार बनाउन जादैनौं तर सहमतिय प्रणाली हुन आवश्यक रहेको छ । उनले भने, ‘यसपल्टको चुनाव पैसाको खेलमा सम्पन्न भएको हो ।’
पत्रकार सम्मेलनमा ऐकिकृत नेकपा माओवादीले सुनसरी क्षेत्र न. १ को विकासका लागि निर्वाचन अघि गरेका सम्पुर्ण प्रतिवद्धता पुरा गर्ने जनाएको छ । सुनसरी क्षेत्र न. १ को विकासका लागि शुरु गरिएको धरानका खानेपानीको समस्या, धरान विमानस्थल, धरान रंगशालाको निर्माण, सुकुम्बासी समस्याको समाधान, सेउती, सर्दु र सेहरा खोलाको व्यवस्थापन तथा पुल निर्माण, चतरा, धरान, पानमारा कालोपत्रे गर्ने कार्य, धरानमा बहुजातिय संग्रहालय, धरानको बसपार्क, विजयपुरमा पर्यटकिय क्षेत्रको विकास लगायतका कार्यहरु गर्ने प्रतिवद्धता जनाएका छन् ।
सुनसरी क्षेत्र न. १ बाट एमाओवादी पार्टी र उम्मेद्धवारहरुलाई मतदान गर्ने सम्पुर्ण मतदाता, निर्वाचनमा खट्निे पार्टीका सबै नेता, कार्यकर्ता, सहयोगी, समर्थक, शुभचिन्तक एंव न्यायप्रेमि जनसमुदायलाई धन्यवाद समेत दिएका छन् ।
यस्तै, जनताको हरेक सुुख, दुखमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । परिर्वतनकामी दलहरुलाई शान्ति र संविधान निर्माणको प्रक्रियाबाट पर राखेर शान्ति र संविधान सम्भव नहुने भन्दै १२ बुदे सहमति, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावाना अनुसार काम गर्ने बताइएको छ । धाधली र षडयन्त्रपुर्ण ढंगले परिवर्तनको प्रमुख संवाहक शक्ति एनेकपा माओवादी र त्यसका उम्मेदवारहरुलाई पराजित गराईए पनि यथार्थमा एमाओवदीका एजेण्डाहरु पराजित नभएको विज्ञप्तिमा उल्लेख छ । मेन्याङ्बो हालै सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनका सुनसरी क्षेत्र न. १ का प्रत्यक्ष उम्मेदवार समेत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस् >>