कांग्रेसको कोणसभा सम्पन्न
Posted by
purwanews
Published on
Saturday, November 2, 2013
धरान / नेपाली काग्रेस क्षेत्र न १ का उम्मेदवार चन्द्र प्रसाद श्रेष्ठलाई भारी मत ले विजयी गराउन कांग्रेसले घरदैलो कार्यक्रम र कोण सभालाई तिव रुपमा अगाडि वढाएको छ। सो क्रममा शनिवार काग्रेसले धरानका चार वटा वडामा घरदैलो कार्यक्रम र कोण सभा गरेको छ । कांग्रेसका प्रत्यक्ष उम्मेदवार चन्द्र प्रसाद श्रेष्ठ, समानुपातिक उम्मेदवार मिना सुब्बा सहित ठुलो संख्यामा भेला भएका कांग्रेस कार्यकर्ताहरुले नारा लगाउंदै घरदैलो गर्दा वडाबासीहरु समेत उत्साहित भई घरदैलोमा साथ दिएको कांग्रेसले जनाएको छ।
घरदैलो कार्यक्रमका लागि भेला भएका स्थानीयवासी र कार्यकर्तालाई सम्बोधन गर्दै प्रत्यक्ष उम्मेदवार चन्द्र प्रसाद श्रेष्ठ र समानुपातिक उम्मेदवार मिना सुब्बाले बुढासुब्बा, पञ्चकन्या, भताभुङ्गे दरवार, दन्तकाली, पिण्डेश्वर, आदिवासी जनजाति बहुजातिय संग्रहालय, हात्तिसार क्याम्पस लगायतको समग्र विकास र संरक्षण गरी विजयपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रत्यक्ष उमेद्वार श्रेष्ठले २०४६ सालमा पनि कांग्रेसको नेत्रित्तोमा संबिधान बनेको बताउदै एमाओबादी र एमाले नेत्रित्तोले संबिधान बनाउन नसकेको बताए । उनले भने " पहिलो संबिधान सभामा एमाओबादी र एमाले दुबै दल इमानदार नभएका कारण उनिहरु नेत्रित्तोको सरकारले संबिधान बनाउन सकेन। " एक फरक प्रसङमा श्रेष्ठले भने, "कम्मुनिस्टहरुले लोकतान्त्रिक संबिधान बनाउनै सक्दैनन। " अमेरिकामा लोकतान्त्रिक संविधान भएकैले दुइसय बर्षभन्दा बढी भईसक्दा पनि संबिधान परिवर्तन नभएको बताउदै उनले सोभियत संघले बनाएको संबिधान केही दसक मै फाल्नु परेको बताए । विकास, समृद्धि र स्थायित्वका लागि नेपाली कांग्रेसलाई भोट हाल्न आग्रह गर्दै उमेद्वार श्रेष्ठले लोकतन्त्रको रक्षा, पहिचान र सामर्थ्यमा आधारित संबिधान को सुनिस्चित गर्दै सबै जात जाती भाषा क्षेत्रको संबिधानमा समान प्रतिनिधित्तो गराउन कङ्रेस कतिबद्द रहेको बताए
कांग्रेसले धरान १६ स्थित समी चौक,धरान १७ को मंगलबारे चौक, धरान १७ कै रिटिङ बस्ती र धरान ११ र १६ मा पर्ने गैरी गाउंमा भव्य कोण सभा र घरदैलो कार्यक्रम गरेको कांग्रेस क्षेत्रीय सचिव एवं चुनाव प्रचार प्रसार संयोजक सुजेन्द्र तामाङले बताए । कोण सभालाई तिलक राई, डा. गोविन्द सुब्बा, प्रा. तारा बहादुर निरौला, प्रा. आनन्द आचार्य, गिरिराज आचार्य, प्रा. जिवन राई, अरुण कटवाल, गोविन्द दर्नाल, संजिव भट्टराई, चन्द्र राई, हरिहर कोइराला, मुरारी भट्टराई, माधव घिसिङ, श्याम पोखरेल, हिमाल श्रेष्ठ लगायतले संवोधन गरेका थिए ।
कांग्रेसले धरान १५ को खोरिया बस्तीमा संगठन विस्तार गरेको छ । एमाओवादीको पकड क्षेत्र मानिने खोरिया बस्तीमा पछिल्लो पटक नेकपा एमाले र संघीय समाजवादीको प्रभाव भएतापनि बस्तीका ४३ जनालाई पार्टी प्रवेश गराएर संगठन बिस्तार गर्न सफल भएको कांग्रेसको दाबी छ। सुमन लिम्वुको संयोजकत्वमा ४३ सदस्यीय नेपाली कांग्रेस खोरिया बस्ती टोल समिति गठन गरिएको सचिब तमाङले जानकारी दिए। नव प्रवेशी तथा नव गठित समितिलाई कांग्रेसका नगर सभापति किशोर राई, क्षेत्रीय सचिव सुजेन्द्र तामाङ, जिल्ला सदस्य उमेश थापा, वडा सभापति गणेश सुब्बा लगायतले स्वागत गरेका थिए ।
नवप्रवेशी दिल कृष्ण तामाङले खोरिया बस्तीको विकास, उन्नति र तटबन्द निर्माण ठुलो चुनौति रहेको जनाउंदै पूरा गर्न माग गरेका छन् । संगठन निर्माण पश्चात पार्टी कार्यालय खोलेको छ।
प्रतिक्रिया दिनुहोस् >>