ड्रोन आक्रमणमा तालीबान नेता मारिए,पाकिस्तान क्रुद्द

मानवरहीत विमान ड्रोनको प्रहारबाट पाकिस्तानी तालीबानका नेता मारिएपछि पाकिस्तानले आक्रोशयुक्त प्रतिक्रिया जनाएको छ।
गृहमन्त्री चौदरी निसार अली खानले हकिमुल्लाह मेहसुदको मृत्युले उग्रवादीहरूसित पाकिस्तानी सरकारले गर्न खोजेको शान्तीवार्ताको प्रयास बिथोलिएको बताएका छन्।
पाकिस्तानी सरकारको एक प्रतिनिधिमण्डलले ती तालीबानी नेतासित वार्ता गर्न उत्तरी वाजिरिस्तानको भ्रमण गर्नै लागेको बेला सो आक्रमण भएको बताइएको छ।
प्रधानमन्त्री नवाज शरीफले तालीबानको हिंसात्मक अभियानको अन्त्य गर्ने प्रयासमा सो विद्रोही समुहसित वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तालीबानको हिंसाका कारण पाकिस्तानमा हजारौंको ज्यान गएको छ।
'आक्रमणको उद्धेश्य'
गृहमन्त्री खानले ड्रोन प्रयोग गरी भएको सो आक्रमणको उद्धेश्य तालीबानसित
पाकिस्तानले शान्तीवार्ता गर्न नपाओस भन्ने रहेको बताए।
अमेरिकी राष्ट्रपतिको राष्ट्रिय सुरक्षा परिषदका एक प्रवक्ताले मेहसुद मारिनुमा अमेरिकाको कुनै भूमिका रहेनरहेकोबारे टिप्पणी गर्न अस्वीकार गरिन्।
तालीबानका एक वरिष्ठ नेताका अनुसार, शुक्रवार भएको सो आक्रमणमा मेहसुद लगायत चार अन्य उग्रवादीहरू मारिएका थिए। सो घटनापछि पाकिस्तानका सुरक्षाबलहरूलाई उच्च सतर्कतामा राखिएको छ।
विगतमा तालीबानका अन्य उच्च कमाणडरहरू मारिएपछि उग्रवादीहरूले जवाफी आक्रमणहरू गरेका थिए। दुई हप्ताअघि मेहसुदले उनी पाकिस्तानी सरकारसित गम्भीर वार्ता गर्ने विषयमा खुला रहेका बताएका थिए।
मेहसुदले विद्रोह‌लाई उत्तरी वाजिरिस्तानबाट नेतृत्व दिएका थिए। उनी हजारौंको मृत्युकालागि जिम्मेवार भएका आरोप लागेको थियो। उनलाई जिवित वा मृत पकड्नेलाई अमेरिकी सरकारले ५० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो।
(बि बि सि )

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>