बच्चासहित शिक्षिका पक्राउ
Posted by
purwanews
Published on
Wednesday, November 13, 2013
इलाम । चुनावविरोधी गतिविधि गरेको भन्दै इलाम चमैता गाविस २ स्थित कमलदेवी प्राविकी शिक्षिका देवीमाया घिमिरेलाई उनकी पाँच वर्षिया छोरी प्रेक्षा सहित प्रहरीले पक्राउ गरेको छ । चमैता गाविस ३ निवासी घिमिरेलाई सोमवार राती १ बजेतिर सुतिरहेकै अवस्थामा घरैवाट प्रहरीले पक्राउ गरेको हो ।
च्ुनावविरोधि क्रियाकलापमा संलग्न भएको आशंकामा घिमिरेलाई अनुसन्धानका लागि ल्याइएको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले बताए । उनी नेकपा–माओवादीको गाउँ कमिटी अध्यक्ष रहेको र केही घटनामा उनको संलग्नता रहेको प्रहरीको दावी छ । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस् >>