मतदाता परिचयपत्र अर्को साताबाट वितरण
Posted by
purwanews
Published on
Wednesday, November 6, 2013
करिब ४५ जिल्लाको
मतदाता परिचयपत्रको छपाइ सम्पन्न गरेको निर्वाचन आयोगले ४/५ दिनमै सबै काम सकेर
परिचयपत्र वितरणका लागि जिल्लाहरुमा पठाउने बताएको छ।
निजी क्षेत्रको संलग्नतामा परिचयपत्र छपाई गर्न
प्राविधिक र कानुनी समस्या देखिएको भन्दै आयोगले शुरुमा अन्य परिचयपत्रबाटै
मतदातालाई मतदान गर्न दिने तयारी गरेको थियो। तर त्यसो गर्दा फर्जी मतहरु खस्न सक्ने चिन्ता
सार्वजनिक निर्वाचन आयोगले आफ्नै स्रोतसाधनमा परिचयपत्र छाप्न थालेको थियो।
तयारी
अन्तिम समयमा शुरु गरिएको अस्थायी मतदाता
परिचयपत्र छपाईको काम केही दिनमै सकिएपछि त्यसलगत्तै मतदाताको हातमा परिचयपत्र
पुर्याउने तयारी भइरहेको निर्वाचन आयोगले बताएको हो।
आयुक्त दोलखबहादुर गुरुंग भन्छन्, " ४३
जिल्लाको परिचयपत्र तयार भइसक्यो, अब ४/५ दिनमा बांकी ३२ जिल्लाको पनि सकिएपछि
हामी वितरण शुरु गर्छौं।"
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले चुनावलाई
लक्षित गर्दै विभिन्न स्थानमा अवरोध पुर्याइरहेका बेला परिचयपत्र कसरी बाँड्न
सकिन्छ भन्ने विषयमा सोमबार सुरक्षा निकायसँग बैठक गरेर एउटा समिति गठन गरिएको
गुरुंगले बताए ।
सतर्कता
गृह मन्त्रालय, नेपाली सेना, प्रहरी र निर्वाचन
आयोगका उच्च पदाधिकारी रहेको समितिले बुझाउने सुझावका आधारमा मतदाता परिचयपत्र
वितरण गरिने उनले जानकारी दिए।
गुरुंगले भने, "सुरक्षा निकायसँगको बैठकबाट
एउटा समिति गठन भएको थियो, त्यसले प्रतिवेदन बुझाएपछि छलफल गरेर हामी काम शुरु
गर्छौ।"
चुनाव आउन करिब दुईसाता बांकी रहँदा आयोगले
मतपत्र लगायत मतदान केन्द्रमा आवश्यक सामाग्रीको ढुवानीलाई पनि तीव्रता दिएको छ।
चुनावको विरोध गरिरहेका दलहरुबाट अवरोध हुन नदिन
थप सतर्कता अपनाइएको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् >>