१ सय ५० सैनिकलाई मृत्युदण्डको सजाय

ढाका / बंगलादेशमा राजधानी ढाकास्थित बंगलादेशी राइफल्सको मुख्यालयमा भएको रक्तपात पूर्ण सैनिक विद्रोहमा आरोपित १ सय ५० जना सैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । 

ढाकाको नागरिक अदालतले सन् २००९ को फेब्रुवरी २५ मा भएको उक्त घटनामा संलग्न ८ सय भन्दा बढी आरोपित सैनिकलाई सजाय दिने सिलसिला समेत सुरु गरेको जनाएको छ । 
अदालतले दोषी सैनिकहरुमाथि हत्या, प्रताडन, षड्यन्त्र लगायतका विभिन्न आरोप लगाएको थियो । सैन्य अदालतले भने उनीहरुलाई पहिले नै दोषी ठह¥याइसकेको थियो । 

विद्रोहमा संलग्न करिब ६ हजार सैनिकले जेलमा सजाय काटिरहेका बीबीसीले जनाएको छ । उक्त सैन्य विद्रोहको घटनामा ५७ अधिकृतसहित ७४ जना मारिएका थिए । तलब र विभिन्न असन्तुष्टिहरुलाई लिएर आफ्ना सैनिक अधिकारी विरुद्ध दुई दिनसम्म भएको विद्रोहमा वरिष्ठ सैन्य अधिकारीहरु मारिएका थिए ।  उनीहरुको शव नालीमा फालेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>