कांग्रेसको आमसभा २८ गते हुने
Posted by
purwanews
Published on
Monday, November 11, 2013
![]() |
| १३ नम्बर वडाको घरदैलो कार्यक्रम । |
आजै धरान ८ को लांघाली चौक र बरगाछी चौकमा वृहत कोण सभाको आयोजना गरिएको छ । कांग्रेसले नेकपा माओवादीले आमहडतालको घोषणा गरेर अढाई करोड जनताको मतदानमा सहभागि हुने चाहना र भावना माथि अवरोध गर्ने कुचेष्टा गरेको बताएको छ ।
प्रत्यक्ष उमेद्वार श्रेष्ठले २०४६ सालमा पनि कांग्रेसको नेत्रित्तोमा संबिधान बनेको बताउदै एमाओबादी र एमाले नेत्रित्तोले संबिधान बनाउन नसकेको बताए । उनले भने " पहिलो संबिधान सभामा एमाओबादी र एमाले दुबै दल इमानदार नभएका कारण उनिहरु नेत्रित्तोको सरकारले संबिधान बनाउन सकेन। " एक फरक प्रसङमा श्रेष्ठले भने, "कम्मुनिस्टहरुले लोकतान्त्रिक संबिधान बनाउनै सक्दैनन। " अमेरिकामा लोकतान्त्रिक संविधान भएकैले दुइसय बर्षभन्दा बढी भईसक्दा पनि संबिधान परिवर्तन नभएको बताउदै उनले सोभियत संघले बनाएको संबिधान केही दसक मै फाल्नु परेको बताए ।
विकास, समृद्धि र स्थायित्वका लागि नेपाली कांग्रेसलाई भोट हाल्न आग्रह गर्दै उमेद्वार श्रेष्ठले लोकतन्त्रको रक्षा, पहिचान र सामर्थ्यमा आधारित संबिधान को सुनिस्चित गर्दै सबै जात जाती भाषा क्षेत्रको संबिधानमा समान प्रतिनिधित्तो गराउन कङ्रेस कतिबद्द रहेको बताए । उनले नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएको खण्डमा प्रत्येक नागरिक, जाति, समुदाय, लिंग र क्षेत्रको राज्यमा समान पहुंच, प्रतिनिधित्व र पहिचान स्थापित हुने लोकतान्त्रिक संविधान ६ महिनामै जारी गर्ने बताए ।
कांग्रेस क्षेत्र नं. १ ले चुनावी आमसभाको तयारी पूरा गरेको जनाएको छ । कार्तिक २८ गते भानु चौकमा गरिने आमसभालाई संवोधन गर्न कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र र्पाैडेल, महामन्त्री कृष्ण प्रसाद सिटौला, केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल, युवा नेता कल्याण गुरुङ, महिला नेत्री डिला संग्रौला लगायतका नेताहरु आउने क्षेत्रीय सचिव सुजेन्द्र तामाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् >>
