अलबिदा : वैज्ञानिक डा.वज्राचार्य
Posted by
purwanews
Published on
Monday, November 11, 2013
.jpg)
दयानन्द वज्राचार्यको ६९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ। श्वासप्रश्वाससम्बन्धी समस्याका कारण ओम अस्पताल ल्याउँदै गर्दा उनको हृदयगति बन्द भइसकेको चिकित्सकले जानकारी दिएका छन्।उनी लामो समयदेखि पल्मोनरी डिजिजबाट पीडित थिए। यसअघि अध्ययनरत छँदै जर्मनीमा उनको फोक्सोको शल्यक्रिया गरिएको थियो। जाडोयाममा उनलाई स्वास्थ्य समस्याले बढी सताउने गरेको थियो।
जर्मनस्थित फ्राइबर्ग विश्वविद्यालयबाट प्लान्ट साइन्समा विद्यावारिधि गरेका प्राध्यापक वज्राचार्य दुईपटक नास्टमा उपकुलपति बनेका थिए। उनले नेपालीमा तीनवटा कृति लेखेका थिए– अँध्यारोमा एक काँटी सलाई, वैज्ञानिक गोरेटोमा र चेतनाको यात्रा। उनले वैज्ञानिक गोरेटोमा नामक पुस्तकमा आफ्नो वैज्ञानिक यात्राको रोमान्चक आत्मकथा समेतेका छन।
यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा उनका थुप्रै वैज्ञानिक रचना प्रकाशित थिए। उनी त्रिविका पूर्वरेक्टर थिए।
उनकी श्रीमती कोकिला ब्रजाचार्य त्रिविमा प्राध्यापक छिन् भने उनका छोरा अमेरिकामा अध्ययनरत छन् भने छोरी युरोपमा पढ्छिन्।
प्रतिक्रिया दिनुहोस् >>

