इटहरीमा गुडिरहेको म्याजिकमा आगो लगाइयो
Posted by
purwanews
Published on
Sunday, November 10, 2013
सुनसरी । ३३ दलीय मोर्चाले आह्वान गरेको चक्का जामको पूर्वसन्ध्यामा सुनसरीको इटहरीमा गुडिरहेको म्याजिक भ्यानमा आगो लगाइएको छ । आगजनीका कारण गाडीमा सामान्य क्षती पुगेको छ ।
इनरुवाबाट इटहरी आउँदै गरेको को १ ज १४८३ नं. को म्याजिक भ्यानमा मोटरसाइकलमा आएका व्यक्तिले इटहरी ५ ट्राफिक चौकमा आगो लगाएको पूर्वी क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । आगजनीका कारण बाँया तर्फको पछाडीको टायर जलेको छ । ड्राइभरले निभाएका कारण आगो फैलिन नपाएको जनाइएको छ । आगो कसले र किन लगाएको भन्ने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस् >>