धरानमा एमाओवादीको अन्तिम चुनावी सभा

धरान / एनेकपा माओवादी सुनसरी क्ष्ँेत्र नं १ ले चुनावी अभियानलाई तिव्रता दिदै धरानको भानुचोकमा आज आमसभा सम्पन्न गरेको छ ।

सभालाई सम्बोधन गर्दै प्रत्यक्ष्ँ उम्मेदवार मुक्सामहाङ मेन्याङबो लिम्बुले एमाओवादीले दुई तिहाई मत ल्याए मात्र अग्रगामी सविधान बन्ने दाबी गरे । परिवर्तन र उपलब्धीको पक्षमा मतदान गर्न आग्रह गर्दै उनले भने, "परिवर्तन पक्षधरले हारे भने परिवर्तन संस्थागत हुनै सक्दैन।"

 युवालाई बिना धितो रिण दिने कार्यक्रम माओवादी सरकारले सुरुवात गरेको बताउदै उनले  एमाओवादीले दुई तिहाइ मत पाए, विना धितो रिण २ लाखदेखि बढाएर ५ लाख पु¥याउने बताए । एमाओवादीले दुई तिहाइ मत पाए नेपाललाई २० वर्षमा एसियाकै धनी र ४०

वर्षमा संसारकै धनी बनाउने कुरा पनि दाबी गरे । कांग्रेस एमाले परिवर्तन नचाहने पार्टी भएकाले कांग्रेस एमालेमा भोट हालेमा पाप लाग्ने उनको भनाइ थियो । सभामा एमाओवादीका केन्द्रिय सल्लाहकार हिमालधन राई, सुनसरी १ का समानुपातिक उम्मेदवार दिपक श्रेष्ठ र कमला राइ लगायत  उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>