चुनावमा ७६ हजार पर्यवेक्षक

काठमाडौँ / आगामी मङ्गलबार हुने संविधानसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय निकायका ७६ हजार २१७ जना देशभर परिचालन हुने भएका छन् ।

शान्तिपूर्ण, सर्वस्वीकार्य एवम् विश्वसनीय निर्वाचनमा जोड दिँदै स्वदेशी र विदेशी गरी ५१ संस्थाका पर्यवेक्षकले नेपालको राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निर्वाचन भए नभएको मूल्याङ्कन गर्नेछन् ।

मङ्सिर ४ गते हुने निर्वाचनको दिन मात्र नभई समग्र चुनावी प्रक्रियालाई सूक्ष्मरुपमा पर्यवेक्षण गरिरहेका युरोपेली सङ्घ र कार्टर सेन्टरका प्रतिनिधिले उम्मेदवारी दर्ता, कानुनी प्रावधान, सञ्चार क्षेत्रको अवस्था, चुनावी प्रचारमा उनीहरूको भूमिका, प्रचारप्रसार, आचारसंहिता पालना, निर्वाचन प्रशासनका कामकारबाही, राजनीतिक दलका चुनावी अभियान, निर्वाचनको वातावरण, मतदान केन्द्र, मतदान लगायत निगरानी गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>