नेपालले डेनमार्कलाई ५ विकेटले हरायो
Posted by
purwanews
Published on
Friday, November 15, 2013
धरान / कप्तान पारस खड्काको उत्कृष्ट व्याटिङमा यूएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप छनौटको पहिलो खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी डेनमार्कलाई ५ विकेटले हराएको छ ।
टस जितेको डेनमार्कले पहिलो व्याटिङ गर्दै नेपाललाई ८० रनको लक्ष्य दिएको थियो । नेपालले १३ ओभर एक बल खेल्दै लक्ष्य भेट्टायो । जवाफी व्याटिङमा उत्रिएको नेपालका लागि प्रारम्भिक व्याट्सम्यान प्रदीप ऐरी र त्यसपछि पिच छिरेका ज्ञानेन्द्र मल्ल खाता नखोली आउ“छ भएपछि कप्तान खड्काले खेल सम्हाले । ५ छक्का र एक चौकाको मद्दतले ४८ रन बनाएर उनी यासिर ईकबालको बलमा अबताफ अहमदले क्याच गरेपछि आउट भए । प्रारम्भिक व्याट्सम्यान ऐरी ४ बल खेलेर शून्य रनमा आउट भए भने मल्ल पहिलो बलमै आउट भएपनि नेपाली टोली दबाबमा थियो । सुबास खकुरेलले १२ औं ओभरमा आउट हु“दा १७ रन बनाए । आजको खेलमा ऐरी, मल्ल र बिनोद भण्डारी शून्य रनमा आउट भए । शरद भेÈवाकरले नटआउट ५ र सागर पुनले २ रनको योगदान गरे ।
आजको खेलमा नेपालको लागि सागर पुनले ३ ओभर बलिङ गर्दै जम्मा १२ रन खर्चेर ३ विकेट लिए । जितेन्द्र मुखिया र बसन्त रेग्मीले २–२ विकेट लिए । डेनमार्कका लागि हम साहले सबैभन्दा बढी १९ रन बनाए । उसका ७ खेलाडी दोहोरो रन नबनाई आउट भएका थिए । विश्वकप छनौटको अघिल्लो संस्करण्ँमा नेपालले डेनमार्कलाई ९ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस् >>