सुनसरीमा पुरुषको भन्दा १० प्रतिशत बढि महिलाहरुले गरे मतदान
Posted by
purwanews
Published on
Wednesday, November 20, 2013
| भरौल स्थित जडेज मतदान केन्द्रमा मतदान गर्दै महिला । |
| चतरा स्थित मददान केन्द्रमा मतदान गर्दै संचारकर्मी । |
| बकलौरी स्थित मतदान केन्द्रमा मतदान हुँदै । तस्बिरहरु :सन्जिव वाग्ले । |
सुनसरीको पुर्वाञ्चल शैक्षिक तालिम केन्द्रमा सुनसरीको निर्वाचन क्षेत्र नम्बर, २, ३ र ४ को मतगणा गरिने तयारी भएको छ भने सुनसरीको निर्वाचन क्षेत्र नम्बर १,५ र ६ को मतगणना भगवती मावि इनरुवामा हुने मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद भट्टराईले जनाएका छन । मतपेटीकाहरु सदरमुकाम आइसकेको र आज ८ बजे पछि सर्बदलीय बैठक पछि मतगनणा सुरु हुने मात्रै मतगणा सुरु हुने भटट्राईले बताए ।
सुनसरीको गा्रमिण क्षेत्रमा अधिकांश स्थानियहरु औठा छाप लगाएर मतदान गरेको पाइएको छ । सुनसरीको बबिया सहित दक्ष्ँिणवर्ती क्षेत्रका स्थानियहरु मतदाता शिक्षाको कारणले औठा छाप लगाइएर मतदान गरेको पाईएको हो । मतदाता शिक्षा नपाएको कारण औठा छाप गरीरहेको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । आधा दर्जनभन्दा बढि गाविसका स्थानियहरु औठा छाप लगाइएको पाईएको हो । गत संविधानसभाको चुनावमा ६ प्रतिशत मत बदर भएको थियो भने यसपालि त्यो भन्दा बढि हुन सक्ने अनुमान गरीएको छ ।सुनसरीमा संविधान सभा निर्वाचनको लागि करीब २८ सय सुरक्षाकर्मि सुनसरीमा परीचालन गरीएको थियो । जिल्लाको ४ सय ९७ मतदान केन्द्रलाई पुग्ने गरी नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना गरी २ हजार ८ सयको संख्यामा प्रहरी परीचालन भएको सुनसरीको प्रहरी उपरीक्षक गणेश बहादुर थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् >>