क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड भिड्दै
Posted by
purwanews
Published on
Wednesday, November 20, 2013
काठमाडौं । युएइमा जारी विश्वकप ट्वेन्टी–ट्वेन्टी छनोट क्रिकेट
प्रतियोगितामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । समुहको शिर्ष स्थानमा
रहेको नेदरल्याण्ड्स र दोस्रो स्थानमा रहेको नेपालविचको खेललाई निकै
महत्वका साथ हेरीएको छ । यो खेल जितेको खण्डमा नेपालको विश्वकप खेल्ने
संभावना बलियो हुनेछ ।
यसअघि हिजो भएको खेलमा पपुवा न्युगीनीलाई ७ विकेटले हराँउदै नेपालले प्रतियोगितामा तेस्रो जीत दर्ता गराएको छ ।
हिजोको खेलमा पपुवा न्यूगिनीले प्रस्तुत गरेको १ सय ४१ रनको मध्यम लक्ष्य नेपालले १० बल अगावै ३ विकेटको क्षतिमा पूरा ग-यो । विनोद भण्डारीले अविजित ५१ रनको योगदान गरे । २३ बलको सामना गरेका विनोदले ६ छक्का र १ चौका प्रहार गरे । यस्तै सुवास खकुरेलले ३८ र कप्तान पारस खड्काले अविजित २६ रन जोडे ।
यसअघि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएपछि पपुवा न्यूगिनीले ६ विकेटको क्षतिमा १ सय ४० रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस् >>