फुङलिङमा भीषण आगलागी , ५ घर पूर्णरुपमा नस्ट
Posted by
purwanews
Published on
Monday, November 4, 2013

सन्जिव वाग्ले / धरान
ताप्लेजुङ् सदरमुकामा फुङलिङमा आगलगी भएको छ । आगलागिमा परी फुङ्लिङ् गाबिस ७, टुक्रेमा सर्ब साधारणको पाच घर जलेर पूर्णरुपमा नस्ट भएको र आठ वटा घर अंसिक छ्यती पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपि गोविन्द प्रसाद आचार्यले बताए ।
आगलागिमा परी केसरी मादेन, भद्र बोखिम ,यग्य पालुन्वा , पृथ्वी ध्वज लिम्बु र याङ लामाको घर पूर्णरुपमा नस्ट भएको हो। आगलागी दिउसो २:२० बजेबाट सुरु भएको डिएसपि आचार्यले जानकारी दिए ।
ताप्लेजुङमा दमकल नभएको र पानी पनि प्रशस्त नभएका कारण आगो नियन्त्रण गर्न मुस्किल परेको थियो । आगो स्थानीयबासी, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले करिब १ घण्टामा नियन्त्रणमा लिएका थिए।
आगलागी नियन्त्रणका लागि स्थानिय बासिन्दा संगै ठुलो सन्ख्यामा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएको उनले जानकारी दिए । आगलागी नियन्त्रन्का लागि डिएसपि आचार्यको नेत्त्रित्तोमा म्यादी प्रहरी शहीत दुई सय प्रहरी परिचालन भएको छ । आगलागीका कारण एक करोड भन्दा बढीको क्षति भएको अनुमान प्रहरीको छ ।
प्रतिक्रिया दिनुहोस् >>