दियो सल्केर आगलागी : दुई घर नष्ट (फोटो फिचरसहित)
सुनसरी । धनकी देवी लक्ष्मीलाई खुसी पार्न बालिएको दियो सल्केर आगलागी हुँदा सुनसरीको दुहबी बजारका दुई घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने अन्य दुई घरमा आशिंक रुपमा क्षती पुगेको छ ।
लक्ष्मीपुजाको साँझ बालिएको दियो सल्केर सोमबार विहान आगलागी हुँदा चार वटा पसल सहितको दुई तले दुई वटा काठको घर पूर्ण रुपमा जलेको हो । स्थानिय विमल भगतको घरबाट सुरु भएको आगोले छेउमै रहेको राजेश्वर स्वर्णकारको सुनपसलसहितको घरलाई समेत जलाएको थियो । आगोले छेउ छेउमा रहेका अशोक विश्वास र राजेश्वर स्वर्णकारको दुई वटा पक्की घरका दुई दुई वटा कोठासमेत नष्ट पारेको छ ।
लहरै टाँसिएका घरहरु भएको बजारमा दुई वटा घर आगोले नष्ट भएपनि सिमेन्टको दुई घरले दुई तिर छेकेका कारण आगो फैलिन नपाएको स्थानियले बताएका छन् । क्षतीको पूर्ण विवरण आइसकेको छैन ।
आगलागीको झण्डै एक घण्टा पछि मात्र दमकल पुगेको थियो । आगोलाई शशस्त्र, जनपद प्रहरी, नेपाली सेना तथा स्थानियको सहयोगमा विराटनगरका दुई वटा र इनरुवाको एउटा दमकलले नियन्त्रणमा लिएको थियो । दुहबीबाट नौ किलोमिटर उत्तरमा रहेको इटहरी नगरपालिकाको दमकल भने हिडिसकेको बताएपनि आगलागी नियन्त्रणमा आइसक्दासमेत पुगेको थिएन ।
कात्र्तिक १७
प्रतिक्रिया दिनुहोस् >>
+copy.jpg)
+copy.jpg)
+copy.jpg)
