उदयपुरमा पेट्रोल बम प्रहार गर्ने पक्राउ
Posted by
purwanews
Published on
Friday, November 15, 2013
गाइघाट / उदयपुरको बेलटार छुईला सडकखण्डको कालिमाटी भन्ने ठाउँमा आज भाडाको जिपमा पेट्रोल बम प्रहार गर्ने नेकपा–माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलटार छुईला एरीया ईन्चार्ज बावुराम सुवेदी रहेका छन् । बाँकेको कोहलपुर–८ पिपरीमा अज्ञात समूह सार्वजनिक भ्यानमा आगजनी गरेका छन् । पाँच जनाको समूहमा रहेको समूहले यात्रु लिएर कोलपुरबाट नेपालगञ्ज आउँदै गरेको भ्यानमा यात्रु ओरालेर आगो लगाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् >>