सशस्त्र बेसक्याम्प प्रमुख नै काठ तस्करीमा

उदयपुर । सशस्त्र बेसक्याम्प प्रमुख नै काठ तस्करीमा संलग्न भएको स्थानीयले आरोप लगाएका छन्। जिल्लाको पूर्वी गाविस रामपुर ठोक्शीला र मैनामैनी सीमास्थलमा रहेको सशस्त्र प्रहरी बेसक्याम्पका निरीक्षक भीमबहादुर कार्कीले क्याम्प परिसरमा राखिएको काठ अन्यत्र लैजान लाग्दा तस्करीको आशंकामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा खवर गरेका हुन्।
नेपाल प्रहरी, बन प्रशासन र सशस्त्रको टोलीले बिभिन्न मितिमा पक्राउ गरी सुरक्षाका लागि बेस क्याम्प परिसरमा भण्डारण गरी राखिएको ४२।१९ क्यूविक फिट परिमाणको २४ थान फन्टा साँखुका चिरान तस्करी गर्न लगेको आशंकामा काठ बोकेको गाडीसहित स्थानीयले नियन्त्रणमा लिएका थिए। जिल्ला बन अधिकृत इश्वरचन्द्र गौतमले विहान करिव ४ बजेको समयमा स १ त ३१२५ नम्बरको ट्याक्टरमा लोड गरेर क्याम्पदेखि एक किलोमिटर टाढा सेतीखोला पुर्याईसकेको अवस्थामा स्थानीयले भेटेर नियन्त्रणमा लिएको बताए।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>