वाइसीएल क्याम्प राख्न खोजेको भन्दै स्थानियको विरोध
काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र काठमाडौं १० मा वाईसीएलले क्याम्प खडा गर्न खोजेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।
बाहिरबाट आएका वाईसीएलका कार्यकर्ताहरुले क्याम्प खडा गर्न खाजेपछि मातातिर्थ गाविसको कञ्चनबस्तीका स्थानीयले अवरोध गरे । अवरोध गर्ने स्थानीयवासीमाथि वाईसीएलले आक्रमण गर्दा चार जना घाइते भएका छन् ।
आक्रमणको विरोधमा गएका स्थानीय युवाहरुले साँझ प्रतिकार गर्दा चार जना वाईसीएल कार्यकर्ता घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
वाईसीएल नेता दीपशिखाले देउसीभैलो खेल्दा आक्रमण भएको दाबी गरेका छन् । उनले आक्रमणमा कांग्रेस एमालेका कार्यकर्ता प्रत्यक्ष सहभागी भएको बताए ।
कांग्रेस काठमाडौं १० का उम्मेदवार राजन केसीले प्रतिकारमा आफ्ना कार्यकर्ता सहभागी नभएको दाबी गरे । 'पार्टीका तर्फबाट कुनै साथीहरु जानुभएको छैन,' उनले भने ।
कार्तिक १८
प्रतिक्रिया दिनुहोस् >>