भारत आज 'मंगलयान' प्रक्षेपण गर्दै (फोटोफिचरसहित)


मंगल ग्रह पृथ्वीका वैज्ञानिकहरुको लागि सबैभन्दा चासोको आकाशिय पिण्ड हो ।  चन्द्रमामा सहज उपस्थिती बनाएका संसारभरीका वैज्ञानिक तथा अनुसन्धान संस्थाहरु अब मंगल ग्रहको मिसनमा जोडतोडका साथ लागिपरेका छन् । मंगल ग्रहको वायुमण्डल, मंगल अभियानको खर्चलगायतका कारणले धेरै थोरै विकसित देशहरुले मात्र मंगल अभियानमा हात हाल्ने आँट गरेका छन् । तर ३० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको भारतले समेत मंगल ग्रहलाई आफ्नो अभियान बनाएको छ । मंगलमा जीवन र जीवनको आधारको रुपमा रहेको मिथेन ग्याँस खोजका लागि भारतले आज मंगलयान प्रक्षेपण गर्दैछ । योसँगै भारत मंगल अभियानमा सहभागि हुने रुस, अमेरिका तथा युरोपको एलिट ग्रुपपछिको देश बन्ने भएको छ । भारतको यो प्रक्षेपणलाई विश्वसमुदायले समेत राम्रो चासो दिइरहेको छ ।
भारतले सन् १९६० देखि नै अन्तरिक्षमा आफ्नो उपस्थिती जनाएको थियो । आजभन्दा पाँच वर्ष अघि चन्द्रयान नामक यानलाई चन्द्रमामा उतारेर अन्तरिक्ष खोजमा आफूलाई अब्बल सावित गरेको भारतले आज आन्ध्रप्रदेशको श्रीहरीकोटाबाट मंगलयान प्रक्षेपण गरेर अर्को इतिहास बनाउँदैछ ।
मंगलयानको प्रक्षेपणसँगै सुर्यलाई निगरानी गर्ने गरी मिसन आदित्य समेत तयार गरिएको छ । मंगलयान अभियानका लागि ७० अर्ब नेपाली रुपैया खर्च गरिएको छ ।
मंगल ग्रहमा हुने विकिरण र चर्को गर्मी प्रमुख चुनौति हुने वैज्ञानिकहरुले बताएका छन् । पाँच वर्षअघि पठाइएको चन्द्रयान निर्धारित समयभन्दा एक वर्ष अघि नै गर्मी र उच्च विकिरणका कारण ध्वस्त भएको थियो ।
वैज्ञानिकहरुले मंगल यानमा पाँच प्रकारका उपकरण जडान गरेका छन् । जसमध्ये एक मिथेन सेन्सर हो । मंगल ग्रहमा रहेको मिथनले त्यहाँ जीवन रहेको प्रमाणित गर्ने केही वैज्ञानिकहरुको दावी छ । तर हालैमात्र नासाले पठाएको रोबर क्युरियोसिटि यानले भने मंगलमा मिथेन पत्ता नलागेको दावी गरेको छ । नासाले अर्को महिना नै अर्को अभियान मावेन प्रक्षेपण गर्दैछ । यो अभियानले पनि मंगलमा मिथेनको उपस्थिती अध्ययन गर्ने जनाइएको छ । मंगलयान १० महिनामा मंगलको कक्षमा पुग्ने र त्यहाँ पाँच महिना रहेर अनुसन्धान गर्ने जनाइएको छ । आवश्यक तस्वीर र जानकारी पृथ्वीमा पठाएपछि मंगलयान मंगल ग्रहमै नष्ट हुनेछ ।
देशको विकास निर्माणलाई बेवास्ता गर्दै अन्तरिक्ष यानको लागि अरबौं खर्च गरेको भन्दै भारत सरकारको आलोचना भारतभित्रै भइरहेपनि अभियानले युवा वैज्ञानिकलाई ऊर्जा प्रदान गर्ने भारतीय अधिकारीहरुको विश्वास छ । भारतले सन् २०१५ मा चन्द्रमाको अध्ययनका लागि चन्द्रयान २ पठाउने तयारी समेत थालिसकेको छ ।
पूर्वन्युज/कात्र्तिक १९








प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>