कसरी गर्ने त पेन ड्रइभको सुरक्षा
Posted by
purwanews
Published on
Friday, November 15, 2013
डाटा स्टोरका लागि हिजोआज पेन(फ्लास) ड्राइभको प्रयोग बढ्दो छ। डाटा स्टोरेज गर्ने यो सानो डिभाइसको मूल्य दिन दिनै सस्तो हुँदा प्रयोगकर्ता अझ बढ्दै छन्। सानो आकार भएका कारण बोकेर हिँड्न सजिलो हुने भएकाले पेन ड्राइभ विश्वमै लोकप्रिय छ। यसलाई राम्रोसँग हेरचाह गरे डाटा सुरक्षित राख्न र सावधानीपूर्वक चलाएर लामो समयसम्म टिकाउनु महत्वपूर्ण छ। पेन ड्राइभलाई लामो समयसम्म टिकाउन र डाटालाई सुरक्षित राख्न महत्वपूर्ण ७ टिप्सहरु ः
भाइरस सार्ने ठूलो माध्यम
कम्प्युटरमा प्रयोग गर्नु अगाडि पेन ड्राइभलाई भाइरस स्क्यान गर्नैपर्छ। कुनै कम्प्युटरमा पेन ड्राइभ अटो स्क्यान गर्ने एन्टिभाइरस सफ्टवेयर पनि राखिएको हुन्छ। त्यसले नयाँ हार्डवेयर इन्स्टल गर्ने बित्तिकै स्वत भाइरस स्क्यान गर्न थाल्छ। यो पेन ड्राइभलाई भाइरसमुक्त राख्ने सबैभन्दा सुरक्षित उपाय हो। तर ख्याल गर्नुपर्ने कुरा के हो भने कम्प्युटरको एन्टीभाइरस सफ्टवेयर सधैँ अपडेटेड हुनुपर्दछ।
धुलो र पानी मुख्य शत्रु
पानी र धुलोबाट यसलाई सधैँ टाढै राख्नुहोस्। यी कुराहरुले डाटा हराउने खतरासँगै पेन ड्राइभ कामै नलाग्ने गरी बिग्रन सक्छ।
स्पार्कबाट जोगाउनुहोस्
पेन ड्राइभलाई कम्प्युटरमा छिराउनु अघि आफूलाई कुनै धातुसँग छुवाउनुहोस्। यसले मान्छेको शरीरको इलेक्ट्रोस्टेटिक डिस्चार्जलाई सोस्ने काम गर्छ। यदि यसो नगरेमा कहिले कहीँ तपाइँ र कम्प्युटरबीचको इलेक्ट्रोस्टेटिक डिस्चार्जले हार्डवेयर अथवा पेन ड्राइभलाई फेरि कहिलै नबन्ने गरी क्षति पु¥याउन सक्छ।
घाँटीमा झुन्ड्याउनुहोस्
पेन ड्राइभलाई मालाको रुपमा घाँटीमा झुन्ड्याउन अथवा ब्याकप्याकमा अट्याच्ड गरेर यसलाई सुरक्षित पार्नसकिन्छ। पेन ड्राइभलाई कि रिङमा राखेर पनि खस्नबाट जोगाउन सकिन्छ। याद गर्नुहोस् बजारमा पाइने अन्य कि रिङभन्दा युएसबी कि रिङ प्रयोग गर्नु उत्तम उपाय हो।
हेड लक नहराउनुहोस्
प्रतिक्रिया दिनुहोस् >>